back
CTIZAN AD

कविता: बालक

वि.सं.२०७७ मंसिर २० शनिवार

2.5K 

shares

बिहानीको झुल्के घाम दिन बोकी आयो,
टप्प टिपी अञ्जुलीमा भर्न मन लायो ।
सिर्जनाको मूल मन्त्र बनूँबनूँ लाग्छ,
म हुँ यौटा सिङ्गो फूल भनूँ भनूँ लाग्छ । १।

आमाको म आशा दीप नयनमा बल्छु,
बाबाको म भरोसा हुँ देश बोकी हिँड्छु ।
नरोए है मेरी आमा दुश्मनका अघि,
न हारे है मेरा बाबा आँगनीमा बसी ।२।

तिमीलाई छोडी कतै कहीँ जाने छैन,
स्वाभिमान बेची तिम्रो केही खाने छैन ।
संस्कार त्यो शीर भरि मुटू भरि माया,
म छु आज जे नै यहाँ हुँ नै तिम्रै छायाँ ।३।

सिमानामा सुरक्षा म गर्दै लडीरहूँ,
सभ्यताको सगरमाथा माथि चढीरहूँ ।
हिउँचुलीमा चन्द्र सूर्य झण्डा गाडूँ मैले,
छिमेकीका कुदृष्टिका पर्दा ढालूँ पैले ।४।

गौरव हुँ यो देशको हुँ म स्वाभिमान,,
उमा सीता भृकुटी र बुद्ध मै हुँ ठान ।
एकताको बीउ छर्ने बगियाको माली,
प्यारो प्यारो देश मेरो हिँड्छु काँध हाली ।५।

तिम्ले पुज्ने सूर्य हुँ म तिम्ले हेर्ने तारा,
तिमी भित्र मुस्काउने मेरो अभिभारा ।
चाहे नेता बनूँ यहाँ चाहे कवि यौटा,
पुकार तिम्रो सुनिदिने म हुँ ज्यूँदो द्यौता ।६।
सवाई छन्द

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:१९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...