back
CTIZAN AD

कविता: म के गरुँ

वि.सं.२०७७ मंसिर २० शनिवार

894 

shares

जन्मेर एउटा मानव भएर
यही भूतलको आँगनमा
निष्क्रिय बनेका उद्देश्य लिएर
जिउँदै मरेतुल्य बनेको छु ।

बिर्सेर कर्तव्यको बाटोहरु
अस्तित्व जोगाउने हिम्मत गुमाउदै
लक्ष्यहिन र अर्थहीन सपना साँचेको छु
व्यर्थका घाम पानी सम्हाली
म मेरै छवि बिर्सीरहेको छु ।

थाहा छैन मलाई
मेरो देश काल र परिस्थितिहरु
म आफ्नै ताल बिर्सेर
धेरै भो अरुको तालमा
आफैलाई नचाईरहेको छु ।

उसका अमिला पसिनाहरु
म बुझ्दिन ती मेहनतका सुस्केराहरु ।
यसैले त बसेर एक कुनामा
सूर्यका किरण छिर्न नसक्ने
यो कछेड़को जस्तै जिन्दगीमा
म सोचीरहेछु
निरंतर निरंतर
के गरुँ, म के गरुँ ।

हिमाली चिसो हावा
अनि समतलको तातो हावा
हिजोआज म छुट्याउन असमर्थ छु
नसोध कारणहरु
जीजुबाजेका वीर गाथाहरुको
संग्रहालय बनाएको छु
क्याक्टस फूल्दैछन यसबेला
मेरा सयपत्रीका बारीहरुमा ।

हो म फूर्सदविहीन मान्छे
दिनहुँ नयाँ नयाँ बिचार उमार्नु छ
घरभित्रै फेसबुके बारीभरी ।

संसारको खबर लिएर
संसारलाई खबर दिइन
म मात्र हुलाकी बनेको छु
आफ्नै हातभरिको चारपाटे यन्त्र भित्र ।

यहाँ आफ्नै झ्यालबाट सुनिरहेछु
जिन्दावाद र मुर्दावादका नाराहरु
रहस्यदेखी संधै भाग्ने म
ती बेसुरका जुलुसमा
म किन झण्डा बोकेर हिंडीरहनु ।

दुनियाँका ती क्रियाकलापहरु
मलाई ढोंगी र मतलबी ऐयासी झै लाग्छ
कसैलाई दिइन कहाँ जानें र
बस कसैबाट केही पाउने आशामा
न सूर न तालको म भाषण र सम्भाषण बनीरहेछु ।

उसका अमिला पसिनाहरु
म बुझ्दिन ती मेहनतका सुस्केराहरु ।
यसैले त बसेर एक कुनामा
सूर्यका किरण छिर्न नसक्ने
यो कछेड़को जस्तै जिन्दगीमा
म सोचीरहेछु
निरंतर निरंतर
के गरुँ, म के गरुँ ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:२४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...