back
CTIZAN AD

कविता: म के गरुँ

वि.सं.२०७७ मंसिर २० शनिवार

876 

shares

जन्मेर एउटा मानव भएर
यही भूतलको आँगनमा
निष्क्रिय बनेका उद्देश्य लिएर
जिउँदै मरेतुल्य बनेको छु ।

बिर्सेर कर्तव्यको बाटोहरु
अस्तित्व जोगाउने हिम्मत गुमाउदै
लक्ष्यहिन र अर्थहीन सपना साँचेको छु
व्यर्थका घाम पानी सम्हाली
म मेरै छवि बिर्सीरहेको छु ।

थाहा छैन मलाई
मेरो देश काल र परिस्थितिहरु
म आफ्नै ताल बिर्सेर
धेरै भो अरुको तालमा
आफैलाई नचाईरहेको छु ।

उसका अमिला पसिनाहरु
म बुझ्दिन ती मेहनतका सुस्केराहरु ।
यसैले त बसेर एक कुनामा
सूर्यका किरण छिर्न नसक्ने
यो कछेड़को जस्तै जिन्दगीमा
म सोचीरहेछु
निरंतर निरंतर
के गरुँ, म के गरुँ ।

हिमाली चिसो हावा
अनि समतलको तातो हावा
हिजोआज म छुट्याउन असमर्थ छु
नसोध कारणहरु
जीजुबाजेका वीर गाथाहरुको
संग्रहालय बनाएको छु
क्याक्टस फूल्दैछन यसबेला
मेरा सयपत्रीका बारीहरुमा ।

हो म फूर्सदविहीन मान्छे
दिनहुँ नयाँ नयाँ बिचार उमार्नु छ
घरभित्रै फेसबुके बारीभरी ।

संसारको खबर लिएर
संसारलाई खबर दिइन
म मात्र हुलाकी बनेको छु
आफ्नै हातभरिको चारपाटे यन्त्र भित्र ।

यहाँ आफ्नै झ्यालबाट सुनिरहेछु
जिन्दावाद र मुर्दावादका नाराहरु
रहस्यदेखी संधै भाग्ने म
ती बेसुरका जुलुसमा
म किन झण्डा बोकेर हिंडीरहनु ।

दुनियाँका ती क्रियाकलापहरु
मलाई ढोंगी र मतलबी ऐयासी झै लाग्छ
कसैलाई दिइन कहाँ जानें र
बस कसैबाट केही पाउने आशामा
न सूर न तालको म भाषण र सम्भाषण बनीरहेछु ।

उसका अमिला पसिनाहरु
म बुझ्दिन ती मेहनतका सुस्केराहरु ।
यसैले त बसेर एक कुनामा
सूर्यका किरण छिर्न नसक्ने
यो कछेड़को जस्तै जिन्दगीमा
म सोचीरहेछु
निरंतर निरंतर
के गरुँ, म के गरुँ ।

वि.सं.२०७७ मंसिर २० शनिवार ०९:२४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...