Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

कथा: सम्झना भित्र बाँचेको मान्छे



चारैतिर हिल्लै हिल्लै छ । सिकसिक लाग्दो पैतालाले घरबाहिरा निस्कने आँटनै गरेन पर पर जहाँसम्म देखिन्थे त्यहाँसम्म नै हिल्लै पानी पानी थियो । कस्तो उदेक लाग्दो वातवरण फागुन चैतको बेमौसम मुसलधारे झरी वर्षीरहेको छ निरन्तर…… ।

साँझ भईसकेछ घड़ीको काँटाले पाँच बजेको संकेत गरिरहेको थियो । कोही चुल्हा चौकातिर ब्यस्त देखिन्थे । गाउँले सबै आ–आफ्नो काम धन्दातिर साँझको कार्य पशु पक्षीहरूको आहार हाल्नु हतारिरहेका थिए ।

त्यस दिन ज्ञानलालको घरमा भने चकमन्न थियो । उसको गाई भोकले कराईरह्यो कराईरह्यो । कहाँ गएछ मोरा मुसलधारे पानी परेको बेला ।
अरुबेला उसको घरभरी साथीभाईहरू आउजाउ चलिरहन्थ्यो । संगीतको सुमधुर धुनहरू बज्न थालेपछि सानो भुराहरू उसको घरको खिड़्कीबाट नचिहाउने को पो थिएन र..

जब संगित अभ्यास क्रम हुनेगथ्र्याे उतिबेला रमझमनै बन्थ्यो । वरिपरिका मान्छे नभ्याउनेरूले पनि एकक्षण चै कामधन्दा पर सारेर खिड़की छेव उभि सुनिराखेकै हुन्थ्यो केही धुनहरू । भेला हुनेहरूमा स्व ज्ञानलाल राई, आर पी राई, स्व धनबीर राई, स्व अर्जुन चामलीङ्ग अनि कुन्ती मोक्तान (सुनदास) अन्यहरु बिशेष संगीत अभ्यास हरेक साँझ चलिरहन्थ्यो । ज्ञानलाल अविवाहीत त थियो नै तर एकलो थिएनन् । गरीब भएपनि संगीतको धनीनै भन्नुपर्छ । मागेर खाएनन् पौरखी बने यति हो उनलाई भाग्यले धोका दिइनै रह्यो दिइनै रह्यो । नामानुसारकै संगीतका ज्ञानी हरेक साँझ साथीहरूसंग भेट भएपछि शुन्यतालाई चिर्दै संगीत धुनहरूले रमाईलो बनाउने गथ्र्यो ।

आहँ त्यस साँझ उसको घरबाट कुनै धुनहरू गुन्जेन । न त कुनै साथीभाईहरू नै उसको घरमा आयो । त्यबेलासम्म पानी रोकिएकै थिएन झररर पानी परीरह्यो । उसको घरमा चहलपहल नहुनुको मूल दोष पानी पर्नु नै होला भनी सोच्यौ ।

भन्दा नभन्दै झ्याप्प रातले छोपिहाल्यो । हरेक घर धिब्रीबत्तीको मधुरो उज्यालोले रमाईरह्यो त्यतिवेला गाउँले बिजुली बत्तीनै देखेको थिएन ।

रात निकै बितिसक्दा पनि ज्ञनलालको घरमा भनै आँध्यारो नै थियो । हन, यतिबेलासम्म कहाँ गए त ज्ञानलाल ? कुनै अत्तो पत्तो नहुँदा जिज्ञासा स्वभाविकरुपले नै उत्पन्न हुन्छ नै । तर, पानी परेर परेर झट्टै कहाँ निस्कनु सकियो त । आउला, पानी रहेपछि भन्ने ठानी सबैजना खान पान गरी आ–आफ्नो बास पसियो । त्यो रात उ घर पस्यो पसेन थाहाँ नै भएन । कोई कोई बेला तिनी साथीभाईहरूको घरतिर गइबस्ने मान्छे त्यसैले उसलाई वास्तै गरिएन ।

भोलिपल्ट भुकभुकेमा भाले कुकुरी क्वाँ गरी सुरिलो ध्वनीले बासेर सबैलाई शुभबिहानीको संकेत गरीरहेको थियो । भन्दा नभन्दै सूर्यले उज्यलो रोशनी लिएर ओछ्यानमै आईपुगे छ । हिँजोको जस्तो दिन थिएन आकाश सफा थियो । घमैलो बन्ने संकेतमा सूर्यको प्रकाश बिस्तारै फैलिँदै थियो । आफू झटपट उठी दाँत माझ्दै हिज भिजेको आगन टेके र एकपटक हरिया परियालाई आँखा घुमाई सकेमात्र त्यतिबेला वल्लो घर पल्लो घर हल्ला चल्छ, हिज ज्ञानलाल घरतिर फर्केन रहेछ नि । म सम्म हल्ला आइपुग्दा गाउँले सबै भेला भईसकेछ ज्ञानलालको घरमा । शंका उपसंका बन्छ नै उ घर त नफर्केपछि । बेलुकी र बिहानीको खुराक नपाएको गाई बेस्सरी कराईरह्यो…. ।

कति बिस्वाद ,मान्छे जब जीवित रहन्छ कसैले केही वास्तै हुँदैन । जीवित रहँदा नै किन गुण गान खुलस्त गर्न नसकेका होलान् । जब मरिन्छ तब मात्र गुणगान हुन्छ यस्तै भयो मलामीको भीड़मा । हिजसम्म मन नपराउने र साथ नरूचाउनेहरू पनि एक मुठ्ठी मट्टी दिनु हिचकिचाउदैन रहेछ नि । यति रहेछ मान्छे हुनुको मूल्य पनि ।

केही समय पश्चात सरसल्लाह हुन्छ । आफन्ततिर साथीभाईतिर सोधी खोजी हुन्छ पत्तो लागेन । अब कहाँ गए त मोरा गाईबस्तु ढुक्कै छोड़ेर । सबैजना सल्लाहानुसार कोइ तलतिर जंगलमा कोइ पर पर पाखातिर खोजी गरियो खै त भेटिएन शंका उपशंका बड़दै जानु त्यो स्वाभाविक नै थियो ।

सबै सबै ठाउँ जानेको बुझेको सबैतिर खोजी गरियो तर ज्ञानलाल भेटिएन । हुलमा कसैले भन्दै थियो तल्लो गाउँको रनपालले देखेको रे हिज तल जंगलतिर पो घाँस काट्दै थियो रेन्त । कुरा सुने पश्चात सबै एकअर्को माझ हेराहेर हुन्छ । मनमा चिसो पस्छ । हन हिजको त्यो मुसलधारे पानी परेको बेला घाँस काट्नु र घाँसको भारी मान्छे नै घर नआईपुग्नुको घटना संदेहपूर्ण बन्छ के भयो ? त कता गए त? यस्तै प्रश्नहरूको पर्खाल उभिन्छ प्रतेक मान्छेको मनमा ।

भेला भएका सबै हुल हुल छुट्टिएर खोज्ने काम गरिन्छ अनि प्राय दिनभरीको खोजी पछि बल्ल भेटियो घाँसको भारी तर फेरि मान्छे छैन । फेरि खोजियो माथिबाट तलसम्म र पो भेटियो ज्ञानलाल तर खोल्सामा रगताम्मे अवस्थामा । भिरबाट सोह्रीएर बज्रिएछ नि ढुंङ्गामा त्यतिबेला उ मुर्दा भईसकेको थियो ।
हल्ला फैलिन्छ झुत्ता झुत्ता मान्छेहरू थुप्रिन थाल्छ । म पनि त्यहाँ पुग्छु । भिड़बिचबाट चिहाउछु हो रहेछ ज्ञानलाल नै रहेछ । उ मरेकै त रहेछ । हिजको लोदरे पानी पर्नु र आजको दुःखद घटना बन्नु कति नमजा । को थियो र रोइदिने उसको ।

सरकारी मान्छे खबरनुसार घटनास्थल आईपुग्छ र निरीक्षण गरी लास पोस्टमार्टमको निम्ति अस्पताल पठाउँछ । केही घण्टापछि उसको निर्जीव शरीर कफनमा लपटिएर घर आईपुग्छ । भोलीपल्ट अन्तिम संस्कार गरिन्छ । त्यतिबेला मलामीको ताँती भीड़बीचमा कसैले भन्दैथियो, ज्ञानलाल खुबै असल मान्छे थियो । संगीतको त राजा नै भन्दा पनि भयो । थुप्रैलाई संगीतको चेला बनाई गुण गरिराखेर आफु बितेछ । कसैले भन्दै थियो तिनी खुबै मिलनसार ब्यक्ति थिए ।

कति बिस्वाद ,मान्छे जब जीवित रहन्छ कसैले केही वास्तै हुँदैन । जीवित रहँदा नै किन गुण गान खुलस्त गर्न नसकेका होलान् । जब मरिन्छ तब मात्र गुणगान हुन्छ यस्तै भयो मलामीको भीड़मा । हिजसम्म मन नपराउने र साथ नरूचाउनेहरू पनि एक मुठ्ठी मट्टी दिनु हिचकिचाउदैन रहेछ नि । यति रहेछ मान्छे हुनुको मूल्य पनि ।

ज्ञानलाल बितेर गएपछि त अध्याँरोमा डुब्यो उसको घर पनि । शून्यतामा उजाडि़यो कोठाहरू बाध्यवादन आदि । बिस्तारै साथीसंगीहरु छुटिन्दै छरप्रष्ट बनियो आ–आफ्नै ब्यस्तताले यतिमा कति बितेर गयो । कतिले संगित यात्रामा ख्याति प्राप्त गरिसकेका छन् । अझै पनि कतिले त्यो दिनहरूको सम्झाना लिएर बृद्धअवस्थातिर बाँचीरहे छन् । सम्झाना भित्र बाँचेको मान्छे हो ज्ञानलाल । उसले उचाई छुन सकेनन् तर उचाईतिर हिड़्नु सिकाई राख्यो । धेरै नभए पनि अलिकति छाप छोड़ी सम्झनामा बाँचिरहेका छन् ज्ञानलाल ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय