२३ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
आज थपिएका २३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३७ पुगेको छ ।