back
CTIZAN AD

लघुकथा: टिप्पणी

वि.सं.२०७७ मंसिर २७ शनिवार

645 

shares

उनी टिप्पणी गर्न खप्पिस थिए । कसैका रचनामाथि आउने उनका प्रतिकृया हेर्दा लाग्थ्यो उनी सबैकुराका जानकार छन् र कुनै रचना कसरी राम्रो हुन्छ भन्ने बारे उनलाई राम्रो जानकारी छ । हुन पनि उनले प्रतिक्रिया नजनाएको रचना नै भेट्न मुस्किल थियो ।

उनका टिप्पणीमा प्रायः,
भाषामा सुधार र शैलीमा परिमार्जन आवश्यक देखियो,
विषयवस्तु परम्परागत भए, नयाँ छान्नु पर्यो,
आकार अलि लम्ब्याउनु\छोट्याउनु पर्यो,
अझै अभ्यासको आवश्यकता देखियो, आदि उल्लेख हुन्थे ।

लेख्नेहरु भने उनका टिप्पणी प्रति सन्तुष्ट थिएनन् ।
एकपटक उनले यसैगरी टिप्पणी गरेका एक सर्जकले उनको टिप्पणीको प्रत्युत्तरमा उनले चाहेजस्तो र सम्पूर्ण गुणले युक्त पूर्ण रचना उपलब्ध गराई अध्ययन र सुधारको मौका दिन आग्रह गरे ।

जवाफमा उनले लेखे,- ‘लेख्न जानेको भए त कुरै अर्को भैहाल्थ्यो नि, टिप्पणी गर्ने फुर्सद नै कहाँ हुन्थ्यो र ?’

वि.सं.२०७७ मंसिर २७ शनिवार ११:०७ मा प्रकाशित

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...