back

लघुकथा: टिप्पणी

वि.सं.२०७७ मंसिर २७ शनिवार

117 

shares
NTC AD
Global IME AD

उनी टिप्पणी गर्न खप्पिस थिए । कसैका रचनामाथि आउने उनका प्रतिकृया हेर्दा लाग्थ्यो उनी सबैकुराका जानकार छन् र कुनै रचना कसरी राम्रो हुन्छ भन्ने बारे उनलाई राम्रो जानकारी छ । हुन पनि उनले प्रतिक्रिया नजनाएको रचना नै भेट्न मुस्किल थियो ।

उनका टिप्पणीमा प्रायः,
भाषामा सुधार र शैलीमा परिमार्जन आवश्यक देखियो,
विषयवस्तु परम्परागत भए, नयाँ छान्नु पर्यो,
आकार अलि लम्ब्याउनु\छोट्याउनु पर्यो,
अझै अभ्यासको आवश्यकता देखियो, आदि उल्लेख हुन्थे ।

लेख्नेहरु भने उनका टिप्पणी प्रति सन्तुष्ट थिएनन् ।
एकपटक उनले यसैगरी टिप्पणी गरेका एक सर्जकले उनको टिप्पणीको प्रत्युत्तरमा उनले चाहेजस्तो र सम्पूर्ण गुणले युक्त पूर्ण रचना उपलब्ध गराई अध्ययन र सुधारको मौका दिन आग्रह गरे ।

जवाफमा उनले लेखे,- ‘लेख्न जानेको भए त कुरै अर्को भैहाल्थ्यो नि, टिप्पणी गर्ने फुर्सद नै कहाँ हुन्थ्यो र ?’

वि.सं.२०७७ मंसिर २७ शनिवार ११:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...