
मैले अनि उसले चढ्ने जहाज उही हो
उसले बोल्ने मैले बोल्ने आवाज उही हो ।
ढल्मलिन्छ एकअर्काले उचालेमा खुट्टा
सुर न तालको गीत गाउने समाज उही हो ।
बिरालो र कुकुर कहिले मिल्दछन् र कहाँ
लडिरहदाँ एकअर्कामा लाज उही हो ।
हात्तीका झैं फरक दाँत देखाउने र खाने
तालाचाबि फरक भए नि दराज उही हो ।
राजनीतिको होडबाजीमा एउटा हार्नैपर्छ
जसले जित्छ उसले लाउछ ताज उही हो ।
वि.सं.२०७७ मंसिर २७ शनिवार ११:१० मा प्रकाशित






























