६ पुस, काठमाडौं । अस्ट्रेलियाका रोजगारदाता कम्पनीहरुले सरकारले तोके बमोजिमको तलब कर्मचारीलाई नदिएको पाइएमा ११ लाख डलरसम्म जरिवाना तिर्नुपर्ने भएको छ । अस्ट्रेलियामा नयाँ कानुनको निमार्णगरि यस्तो व्यवस्था ल्याएको हो ।
अस्ट्रेलियन सरकारले कार्यस्थल कानूनमा संशोधनसहित कर्मचारीलाई भनेअनुरुप तलब नदिने कामदारदाताहरुको लागि ११ लाख डलरको जरिवाना र चार वर्ष सम्मको जेल सजाय भोग्नुपर्ने नियमको निर्माण गरेको हो । यस व्यवस्था अनुसार कामदारले पाउनुपर्ने तलब कम दिने, सञ्चय कोष नतिर्ने र तलब सहितको बिरामी बिदा र वार्षिक बिदा नदिने रोजगारदाताहरू यो कानुन अन्तरगत कार्वाहिको भागेदार हुनेछन् ।
अस्ट्रेलियामा प्रतिघण्टा कम्तिमा १९ डलर ८४ सेन्ट तलब दिनुपर्ने व्यवस्था छभने क्याजुयलको हकमा भने यसको २५ प्रतिशत लोडिङ हुनुपर्ने छ। यो व्यवस्थाले कर्मचारीमाथि शोषण गर्ने कामदारदाताहरुलाई कानुनि दायरामा ल्याउन सकिने मानिएको छ ।
वि.सं.२०७७ पुस ६ सोमवार १५:१५ मा प्रकाशित






























