back
CTIZAN AD

कविता: म नक्कली किसान

वि.सं.२०७७ पुस ११ शनिवार

1.6K 

shares

दिभरि घाममा डढ्दै पानी राख्ने जरा ।
सोच्थेँ मैले जिन्दगानी होला हराभरा ।।
स्वास्नी पाल्न छोराछोरी पढाउनलाई भनी ।
तिम्लाई जस्तै मीठो खाने रहर मलाई पनि ।।

धान गहुँ तोरी फापर नछरी उखुले खेत भरेँ ।
आफ्नै मालको मुल्य छैन, केमा गल्ती गरेँ ।।
घाम ,पानी , आधिँबेहेरी, पसिना चुहाउँदै ।
सडक सडक डुलायौ, आज आसुँले रूवाउँदै ।।

छोराछोरी गवाँर रै छन्, शरिर मेरो खाली ।
संसदमा हाम्रो निम्ति खाली, बज्यो ताली ।।
धोती कछाड गम्छा मेैले लाएकै छु टाली ।
मीठो मानि खान्छौ चिनी, भकारी छ खाली ।।

कृषि प्रधान देश भन्दै, संसदमा गफ छाँट्छौ ।
मुल्य तिर्न सक्दैनौ, नक्कली भन्दै पछि पार्छौ ।।
तिम्ले गर्छौ भ्रष्टाचार करोडौं, हाम्लाई अत्याचार ।
जुटे जुटोस्, फुटेफुटोस् यस्तो, नेतामुखी सरकार ।।

तिम्लाई चिनी गुलियो भो ! हाम्लाई नुनिलो आँसु ।
बर्सौँदेखिको साहुको ऋण छ, मरूँ कि म बाँचु ?
बजेटमा किसानलाई अनुदान, करोडौं छुट्टाउँछौ ।
हामी सधैं नाङ्गै भोकै, कस्ले कहाँ गुटमुटाउँछौ ??

सडकदेखि सदनसम्म आयौ, हाम्लाई रूवाएर ।
चप्पलदेखि पजेरो चढ्यो, हाम्रै रगत पसिना खाएर ।।
आयात बढ्यो, निर्यात घट्यो , हाम्रो मुल्य छैन ।
फेरि भोट माग्न, हाम्लाई ढोग्न आउने हो कि हैन ??

वि.सं.२०७७ पुस ११ शनिवार १०:०१ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...