back
CTIZAN AD

कविता: ऐना !

वि.सं.२०७७ पुस १८ शनिवार

1.2K 

shares

म यस्तो र उस्तो छु भनि
घमण्ड गर्छ मान्छे
आफु जस्तो छ
उस्तै बसे राम्रो मान्छे
चित्त बुझाएर संतोष गरे
उत्तम नै हो मान्छे !

न यहाँ नक्कल गर्नु छ
न अक्कलनै लाउनु छ
जस्तो छ सक्कल
बस..त्यति नै देखाउनु छ,
नकसैको फुको तारिफमा
गजक्क पर्नु नै छ
न लाजले भुतुक्क हुनु छ,
आफु जस्तो छ
त्यो नै ठीकै छ हजुर !

किन ? बिनाबिच्चामा
श्रिङ्गार–पटार गर्नु
बाह्य सुन्दरताको लागि-
कृत्रिम लेप लेपेर
पुरै अनुहार बिगारेर
ढोंगी साधु झैं
खै ! खरानी धसेर !

आफुभइकन भित्रि खाली
अरूलाई बजाउन लाउँछ
बेतालको फोस्रो ताली
बरू, खान र सहन
परोस् कतै गाली
आफु भए होस्न
कालो–गोरो या
गोेरी वा काली
वास्तवमा, आफु
न कसैले न आफैले
बद्लाउन सक्छ र…
तितो सत्य त त्यही हो
छर्लङ्गै आफ्नै उदाङ्गो
दुरुस्त अनुहार देखाउँछ है
पारदर्शी त्यो कमजोर ऐनाले !

त्यसैले कहिलेकहीं..
अघि उभिने र हेर्ने गरे
निर्दोष साक्षी दिन्छ
त्यो जस्ताको तस्तै
दशी देखाउने
त्यो छर्लम्मै हुने ऐनाले !!

यसैले जताभावी
आफैलाई ननिहारी
आफ्नै बडिबड़ाईको
विज्ञापन किन ? दिने !

जब आफु जस्तै मान्छेहरू
आफैलाई हेर्दै हाँस्छन्
तब..बिर्सेर पनि उभिनु हेर्नु
घमण्ड चूरगर्दै कटुसत्य
आफ्नै असली परिचयको
घोर सबूतको नाममा
पर्दाफाश गरिदिन्छ
चरक्क चरकिने त्यो
घमण्डी झैं ऐनाले !!!

तकभर चियाबगान, लेप्चा बस्ती, दार्जीलिङ्ग, भारत

वि.सं.२०७७ पुस १८ शनिवार ०९:१६ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...