back
CTIZAN AD

लघुकथाः धर्म

वि.सं.२०७७ पुस १८ शनिवार

966 

shares

बिरोधीको सङ्ख्या निरन्तर वृद्धि हुन थालेपछि उनी असमन्जसमा थिए । के गरौं र कसो गरौंको अवस्थामा पुगेका उनले अचानक बैठक बोलाए ।
छलफल शुरु भयो ।
बिरोधीले कुनकुन विषयमा प्रहार गरेका छन् तिनको टिपोट तयार भयो ।
लामो सूची देखेर उनले सोधे ‘हैन साँच्चिकै यति धेरै नराम्रो काम गरिएछ त ?’ बिरोध गर्नु त बिरोधीको धर्मै हो नि’

सहभागीहरुले यहाँनेर यो, यहाँनेर यो गल्ती भयो भनेर आआफ्ना प्रतिक्रिया दिए ।यसमा उनी धेरै हदसम्म सहमत भए ।

छलफलकै क्रममा धेरै आश्वासन बाँडिए पनि पूरा गर्न नसकिएकाले असन्तुष्टि बढेको जानकारी गराइयो ।
‘के थिए त्यस्ता आश्वासन, सम्झाउनुस् त ? उनले गम्भीर हुँदै सोधे ।’
अब आश्वासनहरुको स्मरण गर्न थालियो ।

अधुरा आश्वासनको लामो सूची तयार भयो ।

देखेर उनले भने ‘छाड्नुस् यो सब । चिन्ता मान्नु पर्दैन, ‘कुकुर भुक्दै गर्छ,हात्ती लस्कँदै गर्छ,राजनीतिको धर्म नै यही त हो ।’

वि.सं.२०७७ पुस १८ शनिवार ०९:२० मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...