back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ पुस १८ शनिवार

861 

shares

१.
सार्वजनिक ठाउँमा भने, विकासे गफ हाँक्छौ तिमी
व्यक्तिगत भेटमा भने, तरूनी गफ छाँट्छौ तिमी
दिनभरी त ऋषीमुनी, साँझ परेसी शिशीमुनी
आदर्शलाई थन्क्याएर, ‘खान’ पाए बाँच्छौ तिमी ।

२.
मुखले भने गाइरहन्छौ, आदर्शका गाथाहरू !
कामले भने सक्ने हैनौ, मार्न पनि माखाहरू !!
नभनेको मात्रै पो त, नचिनेको कहाँ हो त !
नजिकमा पो थाहा हुन्छ, बेइमानीका कथाहरू !!

३.
जिन्दगीका खुशीहरू, तिमीले नै लुटी गयौ
रहलपहल खुशीका नि, मूलहरू भुटी गयौ
र पनि म बाँचेकै छु, तिम्रो सामु हाँसेकै छु !
मेरो खुशी नपचेर, अझै मैबाट छुटी गयौ !!

४.
बोल्छौ अझै मीठा मुखले, पेटमै हरि हैनछ र !
भन्थ्यौ जुग्जुग तिम्रै भनी, पहिल्यै निधो रैनछ र !
छुट्टिएर जिउँदा पनि, आँसु मात्रै पिउँदा पनि
सधैभरी सताइरन्छौ, ‘मनको कालै’ गैनछ र ।

५.
मनमा सधै उमंगले, बास नौलो गरिरहोस्
आँखामा पनि सौन्दर्यले, दृष्टि नौलो छरिरहोस्
ईश्वरलाई दायाँ पारूँ !, प्रगतिपथ खुला गरूँ
हातमा अझ सिर्जनाले, सीप नौलो भरिरहोस ।

वि.सं.२०७७ पुस १८ शनिवार ०९:२४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...