२५ पुष । देशका लागि केही गरौँ भन्दै गठन गरिएको नेपाली साझा मंच साउदी समन्वय समितिमा नयाँ कार्यसमिति बनाइएको छ ।
शुक्रबार अनलाइनमार्फत संस्थाको पाँचौँ वार्षिक कार्यक्रमले जसअनुसार संयोजक अकल प्रधान र उप संयोजक अन्जान गुभाजुको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
नवगठित कार्य समितिमा अकल प्रधान (संयोजक), अन्जान गुभाजु (उपसंयोजक), नागेश तामाङ (कलाकार तथा रियाद संयोजक), टिकाराम पाण्डे ( जेद्धा संयोजक), सुशिल गुरुङ (अलखर्ज क्षेत्रीय संयोजक), भरत पौडेल (अलखोवर क्षेत्रीय संयोजक), तेज बहादुर बिक ( अलखुम्रा क्षेत्रीय संयोजक), डि बी मलामी मगर (दमाम क्षेत्रीय संयोजक), प्रनिशा रिमाल अधिकारी (हाईल क्षेत्रीय संयोजक), शंकर तामाङ (जुवेल क्षेत्रीय संयोजक) तथा केन्द्रीय सदस्यहरू : नरोत्तम अधिकारी, चन्द्र नारायण शाह,विवेक प्रधान, कमल सेढाई, पुण्य प्रसाद घिमिरे र प्रेम बोहरा रहेका छन् ।
त्यस्तै कृष्ण पुरी ( संरक्षक), बिष्णु घिमिरे ( प्रमुख सल्लाहकार), नवराज थापा (सल्लाहकार) रहेका छन् ।
निवर्तमान संयोजक बिष्णु घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक तथा संस्थाको अन्तर्राष्ट्रिय संयोजक महेश श्रेष्ठ तथा प्रमुख सल्लाहकार कृष्ण पुरी लगायत संस्थामा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।
संस्थापक तथा संस्थाको अन्तर्राष्ट्रिय संयोजक महेश श्रेष्ठले नवगठित कार्य समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले संस्था स्थापना विशेष भूमिका खेलेका रामकृष्ण घिमिरे लगायत संस्थापकहरुको सरहाना गरे ।
मञ्चले साउदीमा नेपाली समुदायमा अलग्गै पहिचान बनाउन सफल भएको दाबी गर्दै श्रेष्ठले कोरोना कहरमा साथ र सहयोग गर्ने एनआरएनए लगायत साउदीमा सक्रिय संस्थाहरु, ब्यक्तिहरु र नेपाली दूतावास परिवार तथा निबर्तमान अध्यक्ष घिमिरे प्रति पनि आभार व्यक्त गरेका थिए ।
देशको लागि त केही गरौ भन्ने चाहना र उद्देश्यका साथ संस्थाको स्थापना सामाजीक संजाल मार्फत २०७२ सालमा गरिएको हो । संस्थाको संस्थापक संयोजक कृष्ण पुरी २ कार्यकाल संयोजक र निबर्तमान संयोजक घिमिरे २ कार्यकाल अध्यक्ष भएका थिए ।
वि.सं.२०७७ पुस २५ शनिवार १४:४३ मा प्रकाशित






























