back
CTIZAN AD

कविता: मेवा र माली

वि.सं.२०७७ माघ ३ शनिवार

993 

shares

मेवाको बिउ रोपेर बिरूवा उम्रिएपछि
भविश्य सम्झिएर
मालीहरूले गर्नु जति मलजल गरे
हेर्दा हेर्दै
टुप्पोमा हाँगा फैलिएर
हुर्कियो सुरीलो मेवाको बोट

टुप्पोमा फल फल्ने
टुप्पो मात्रै हरियो हुने मेवाको बोटमा
भुईँतिर फैलिएनन् हाँगाहरू
जति हाँगा फैलिएर मौलाए
टुप्पामै मौलाए

धराको रस चुसेर हुर्किएका जराहरू
कति भरपर्दो गरि अडिए देखिएन्
मेवाका बोटहरूमा
फूल फुले
लोभ लाग्दो मेवाका दानाहरू फले
देख्नेहरू
मेवा देखेर लोभिए

जति कमलो र स्वादिष्ट भएपनि मेवा
भेट्नु कुहिएर बोटबाट खसेपछि
छ्याल्लब्याल्ल हुँदोरहेछ
भुईँमा झरेपछि
कुहिदै गरेको मेवालाई
फर्किएर हेर्दैन रहेछन् कुनै मान्छे र मालीहरू
नाक थुनेर हिड्दारहेछन्

परन्तु
अग्लो बोटको टुप्पामा फलेका मेवा
हावाको झोक्का
हुरी बतास थेगेर केहिदिन झुन्डिए पनि
जब बाँदरहरू रूखको टुप्पोमा पुगे
ठूलो हुरी चले झै मेवाको बोट हल्लियो
एक दाना र अर्को दाना मेवामा
टकराव भो

मेवा पाक्दै गरेको देखेर खुसी भएका मालीहरू
मेवा पाक्दा पाक्दै
टुप्पो मै बाँदरहरू देखेपछि
भेट्नु कुहिएर मेवा झर्न थालेको देखेपछि
फेदमा मल हालेर मात्रै खुसी भएनन्

जति कमलो र स्वादिष्ट भएपनि मेवा
भेट्नु कुहिएर बोटबाट खसेपछि
छ्याल्लब्याल्ल हुँदोरहेछ
भुईँमा झरेपछि
कुहिदै गरेको मेवालाई
फर्किएर हेर्दैन रहेछन् कुनै मान्छे र मालीहरू
नाक थुनेर हिड्दारहेछन्

जति उचाई नापेपनि
टुप्पोमा फुलेर
अडिने धरातल मक्काउनु पनि
जीवनको पहिचान गुमाउनु रहेछ
मालिले जराहरू छोपेपनि
छोपिएका जरा
पुनरउत्थान हुन सहज हुँदैन

वि.सं.२०७७ माघ ३ शनिवार ०८:४७ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...