
सधैं आस्था नशामा त्यो
र सिध्याएँ जुवामा त्यो
थियोे कति सम्मको यात्रा
ढल्यो जीवन चितामा त्यो
खरानी सब भयो इच्छा
झुटो एकै पलामा त्यो
सधैँ मास्तिर थियो भन्थे
पुग्यो कसरी जरामा त्यो
विगतले झन् रुवायो अति
बसेथ्यो सम्झनामा त्यो
बहर–रमल मुरब्बा सालीम
वि.सं.२०७७ माघ ३ शनिवार ०८:४९ मा प्रकाशित






























