back
CTIZAN AD

कविताः गल्ती मेरै हो

वि.सं.२०७७ माघ ३ शनिवार

1.3K 

shares

हो, गल्ती मेरै हो ।
मैले मान्छे चिन्नु पर्थ्यो ।
आफ्नै बाटो हिड्नु पर्थ्यो ।
मनको कुरा सुन्नु पर्थ्यो ।
मनमनै कुरा गुन्नु पर्थ्यो ।

तैँले भनेको नगर्नु पर्थ्यो ।
रातभर पर्चा नछर्नु पर्थ्यो ।
स्वसम्मानबाट नझर्नु पर्थ्यो ।
तेरो मार्ग तर्फ नसर्नु पर्थ्यो ।

अब हामी सही गलत छुट्याउन सक्छौं ।
नढाँट्, नत्र तेरो घाँटी चुट्याउन सक्छौं ।
एकताको बलले कपाल भुत्ल्याउन सक्छौं ।
होस गर तुच्छाशय ! देश बाहिर हुत्याउन सक्छौं ।

चाल तेरै हो ।
हो, गल्ती मेरै हो ।

त्यो शत्रु हो त्यसलाई ठोक भनिस्, ठोकेँ ।
यो हाम्रो मान्छे हो यसलाई बोक भनिस्, बोकेँ ।
हाम्रो सत्ता हो विपक्षीलाई रोक भनिस्, रोकेँ ।
ढुङ्गालाई अम्बा भनिस् र टोक भनिस्, टोकेँ ।

कालो देखाई सेतो भनिस्, सेतै भनिदिएँ ।
कह्यौ मित्रलाई शत्रु ठानि, करङ्ग गनिदिएँ ।
बिधुवा, टुहुरा रुवाउँदै, खाडल खनिदिएँ ।
फजुलमा तेरो आज्ञाकारी, गधा बनिदिएँ ।

चाल तेरै हो ।
हो, गल्ती मेरै हो ।

’सबैले अधिकार पाउँछ’ भनिस्
’देशमा विकास आउँछ’ भनिस्
’रोजगारी सिर्जना गर्छौं’ भनिस्
’हामी देश बनाउछौं’ भनिस्

चुपचाप पत्याइदिएँ विश्वास तेरै गरेँ ।
राम्रा, हाम्रा केही नहेरी तेरै भर परेँ ।
तँलाई जिताउन सधैँ अघि–अघि सरेँ ।
झुट्टो तेरो नीतिको खोला नदी तरेँ ।

चाल तेरै हो ।
हो, गल्ती मेरै हो ।

च्याप्प समातेर गर्दनलाई खिचौं झैं लाग्छ ।
गर्छु भनेर नगर्नेको घाटी थिचौं झैं लाग्छ ।
जे पर्ला पर्ला बरु कानुन मिचौं झैं लाग्छ ।
माफिया गद्दारलाई ढुङ्गाले किचौं झैं लाग्छ ।

अब हामी सही गलत छुट्याउन सक्छौं ।
नढाँट्, नत्र तेरो घाँटी चुट्याउन सक्छौं ।
एकताको बलले कपाल भुत्ल्याउन सक्छौं ।
होस गर तुच्छाशय ! देश बाहिर हुत्याउन सक्छौं ।

होस गर तुच्छाशय ! देश बाहिर हुत्याउन सक्छौं ।

वि.सं.२०७७ माघ ३ शनिवार ०८:५२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...