back
CTIZAN AD

लघुकथाः झुट

वि.सं.२०७७ माघ ३ शनिवार

855 

shares

घुम्दैफिर्दै फेरि त्यो दिन आईपुग्यो । फेरि एकपटक उनीहरुको स्मरण गरियो । शालिक र तस्बिरमा फूलमाला चढाईयो । प्रमुख वक्ताले उनीहरुको प्रशंसा गर्दै र दुखद दुर्घटनाको स्मरण गर्दै ‘घटनाको निष्पक्ष छानबिन हुने र दोषीलाई दण्डीत गरिने’ बताए ।

पररर ताली बज्यो ।

उनीहरुको गुणगान गाउँदै उनले अगाडि भने ‘हामी वहाँहरुले देखाउनु भएको बाटोमै हिंडेका र हामी यसैगरी सँगसँगै हिंड्ने छौं । यसो गर्दा वहाँहरुको आत्माले शान्ति पाउने छ ।’

फेरि पनि पररर ताली बज्यो ।

कार्यक्रम सम्पन्न भयो । तितरबितर भई सबैजना आआफ्ना बाटा लागे ।

कार्यक्रममा सहभागी हुन गएका बाबुसँग पछि लागेर पुगेको बालक यो दृष्य देखेर आश्चर्यमा प¥यो । उसले बाबुसँग भन्यो–‘अघि भर्खर एउटै बाटो सँगसँगै हिंड्ने भनेका अङ्कलहरु त फरकफरक बाटो पो लाग्नुभो ! ठूला मान्छे पनि झुट बोल्दारहेछन् है बा !’

वि.सं.२०७७ माघ ३ शनिवार ०८:५३ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...