back
CTIZAN AD

कविताः अभिनय गरी बाँच्नु कसरी ?

वि.सं.२०७७ माघ ३ शनिवार

681 

shares

कथा आफैँआफ्नो कलम निबले लेख्छु म भनी ।
सधैँ हत्केलाले किरण रविको छेक्छु म भनी ।।
चिथोर्दै नङ्ग्राले रवि शशि दुबै च्यात्नु कसरी ?।
कथाले माग्दैमा अभिनय गरी बाँच्नु कसरी ?।।१।।

नयाँ बाटो रोज्दै गृहनगर छोडी कति हिँडे ।
सबै नाता गोता सहजसित तोडी कति हिँडे ।।
भिजेका आँखाले मुसुमुसु गरी हाँस्नु कसरी ?।
कथाले माग्दैमा अभिनय गरी बाँच्नु कसरी ?।।२।।

पराई माटोमा रगत पसिना अर्पण गरी ।
पखाल्दैछन् आँखा श्रम शिखर चढ्दै हर घडी ।।
स्वदेशी माटोमा नव युवक ती साँच्नु कसरी ?।
कथाले माग्दैमा अभिनय गरी बाँच्नु कसरी ?।।३।।

सधैँ न्यानो खोज्ने गरल हृदयी मानशिकता ।
बलेको आगोमा नजिक हुन खोज्ने मगजका ।।
नयाँ भुङ्ग्रो खोज्ने मनुज नजिकै डाक्नु कसरी ?।
कथाले माग्दैमा अभिनय गरी बाँच्नु कसरी ?।।४।।

तिमी मेरो भन्दै नजिक हुन आए मनुज ती ।
पुरानो नाताको छलफल चलाई कतिकति ।।
हराएको नाता मगज मनमा गाँस्नु कसरी ?।
कथाले माग्दैमा अभिनय गरी बाँच्नु कसरी ?।।५।।

मदारीको जस्तै चटक रमिता गर्न सकिनँ ।
स्वयं जान्ने बन्दै सुललित कला छर्न सकिनँ ।।
विना बाजागाजा छमछम गरी नाँच्नु कसरी ?।
कथाले माग्दैमा अभिनय गरी बाँच्नु कसरी ?।।६।।

छन्द: शिखरिणी

वि.सं.२०७७ माघ ३ शनिवार ०८:५५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...