back
CTIZAN AD

लघुकथाः चेतना

वि.सं.२०७७ माघ ३ शनिवार

741 

shares

‘फोहर यस्तो जथाभावी फाल्नु हुन्न । कुहिने फोहरहरू छुट्टाएर कम्पोष्ट मल बनाऔं । नकुहिने फोहरहरूको उचित ब्यवस्थापन गरौं । यत्ति गर्न सक्यौं भने हाम्रो गाउँं सफा हुन्छ र फोहरबाट लाग्ने विभिन्न किसिमका रोगहरूबाट बच्न सकिन्छ ।’ चेतनले गाउँलेको भेलामा भन्यो ।

‘धेरै जान्ने नबन् । दुई चार महिना शहर के बसेथ्यो, खुबै डाक्टर बन्दो रैछ ।’ तल्लाघरे काका बोल्नु भयो ।

उपस्थित अरूले पनि काकाको बोलीमा, हो मा हो मिलाए । चेतनले गाउँवासीलाई बुझाउनै सकेन् किनकी त्यहाँ जन–चेतनाको कमि थियो ।
चेतन पनि शहर फर्क्यो । त्यसको तीन महिनापछि गाउँमा झाडा पखालाको महामारी नै फैलिएछ । थुप्रै मान्छेहरू हताहत भएछन् । काकाको श्रीमति र नातिनीको पनि हैजाकै कारणले मृत्यु भएछ । काका पनि सिकिस्त भएछन् । उनलाई उपचारको लागि शहर लगियो । एक अस्पतालमा उनको उपचार हुँदै थियो ।

चेतनले पनि यो कुरा थाहा पाएर काकालाई भेट्न अस्पताल गयो ।

‘नमस्ते काका ! अहिले हजुरलाई कस्तो छ ?’

नमस्ते फर्काउँंदै काका बोले, ‘अहिले अल्लि विसेक भएको छ बाबु । बुढी र नातिनीलाई यो हैजाले लगिहाल्यो । म मर्नु न बाँच्नु भएको छु ।’

‘अब ठिक हुन्छ काका, आत्तिनु पर्दैन् । यो सबै हाम्रो सरसफाईको कमिले हो । हामी आफू पनि सफासुघ्घर हुनुपर्छ र हामी बस्ने गाउँको पनि सरसफाई गर्नुपर्छ ।’
‘हो काका ! चेतनजीले ठिक भन्नु भएको छ । सरसफाईले धेरै रोगहरू लाग्नबाट बचाउँंछ ।’ डाक्टरले भने ।

डाक्टरले पनि चेतनकै कुरामा सहमति जनाएपछि बल्ल काकाको चेत खुल्यो । काकाले चेतनको हात समातेर भने, ‘मलाई माफ गर बाबु । पहिले तिमीले भनेको मानिन् । अहिले मैले त्यसैको सजाय भोग्दै छु । आफैलाई नपरे सम्म नबुझिने रहेछ । तिमीले पढेर बुझ्यौ, मैले परेर बुझें ।’
‘हो काका, हजुरले ठिक भन्नु भयो ।’

‘अब हामी दुई जना मिलेर गाउँमा सरसफाई र स्वास्थ्य सम्बन्धि चेतनाको दियो बाल्नु पर्छ है बाबु !’ काका बोले ।

प्रतिउत्तरमा चेतन खुशी हुँदै बोल्यो, ‘हुन्छ नि काका !’

 

वि.सं.२०७७ माघ ३ शनिवार ०९:०१ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...