back
CTIZAN AD

कविताः भूमि

वि.सं.२०७७ माघ ३ शनिवार

1.1K 

shares

बिर्सेछ भारतले
सन् १९६२ को युद्ध
चीनले दिएको घाउ
खाटा बसेछ बिचरा
त्यति ठूलो घाउ
हजारौ वर्ग मिटरको क्षेत्र
चीनले राखेको अधिनमा
ठुलो बाघसँग
सक्दैन लड्न
सानो स्याललाई
सक्छ हेप्न
जान कैलाश पर्वत
भिजा चाहिन्छ चीनको
जान मानसरोवर
लिपुलेकको बाटो
नेपालको माटो
सजिलो छ उसलाई
गुमाउन आत्मीयता
गुमाउन अन्तरसम्बन्ध
सांस्कृतिक बिविधता
नाता र धर्म
बुझ्दैन मर्म
बिर्सेछ गोर्खेलाई
जोगाएको सुन्दर कास्मिर
बिर्सेछ टाइगरहिलको युद्ध
बचाएको अस्तित्व
अन्तराष्ट्रिय अदालतमा
लिपुलेकको माटो
अन्यायको विरुद्ध
निकाल्दैछ आवाज
दिनुपर्छ सबैले
साथ र हात
सहनु अत्याचार
हो ! ठुलो अपराध
उठाउँ आवाज राष्ट्रसंघमा
जुटौ सबै नेपाली
आमा भन्दा ठुलो हो भूमि
मर्नलाई तयार म छु नि !!

वि.सं.२०७७ माघ ३ शनिवार ०९:०३ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...