back
CTIZAN AD

कविता: पुस्तक प्रिय साथी

वि.सं.२०७७ माघ ३ शनिवार

3.6K 

shares

मानिसको शरीर
मनको अधिनमा हुन्छ
मन बुद्धिको
बुद्धि ज्ञानको
ज्ञान पुस्तकको अधिनमा हुन्छ ।

पुस्तक ज्ञानको भण्डार हो
विवेकको खानी हो
पुस्तक सामान्य मानिसदेखि लिएर
विश्वका शिक्षित विद्वानहरुको
प्रसिद्ध वैज्ञानिकहरुको समेत गुरु हो ।

पुस्तक अन्धोको आँखो हो
लंगडाको लौरो हो
जस्ले पुस्तकको ढोका ढकढकाउँछन् पुस्तक उस्को साथी पनि हो
आफ्नो जात जातीय अनि
संसार जान्न बुझ्न दिने नेत्र पनि हो ।

पुस्तक रुपी ज्ञानको
बिरुवा रोप्न सक्यौ भने
प्रतेक दिन बढ्दै झ्यागिदै जान्छ विवेक
पछि त्यसबाट
सफलता रुपी फलहरु प्राप्तगर्न सकिन्छ
अनि शीतल छहारी मुनि
जीवन सजिलैसंग निर्वाह गर्न सकिन्छ ।

पुस्तक बिना
जीवन अन्धकारमय बन्नपुग्छ
पुस्तकलाई साथी बनाउदा
जिवनमा सफलता मिल्न सक्छ
पुस्तक त्रिनेत्र हो
मान्छेमा ज्ञान मार्फत
बुद्धि विवेकको प्रकाश भरिदिन्छ ।

पुस्तकबाट
संसारिक ज्ञान प्राप्त हुन्छ
मान्छेलाई प्रेरणा प्रदान गर्छ
जीवनको सहयोगी बन्छ
पुस्तकबाटनै
पृथ्वी गोलो भएको
चन्द्रमामा ढुङ्गा पत्ता लगाएको
मंगलग्रहमा हावा भएको कुरा ज्ञात हुन्छ
त्यसैले
पुस्तक प्रिय साथी हो ।

वि.सं.२०७७ माघ ३ शनिवार ०९:१२ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...