back
CTIZAN AD

यस्तो छ (फिप्ना) अमेरिकाको आगामि कार्यक्रमहरु

वि.सं.२०७७ माघ ६ मंगलवार

741 

shares

६ माघ, अमेरिका । अमेरिकामा रहेका आदिवासी जनजातिहरूको साँझा छाता संगठनको रूपमा क्रियाशील रहँदै आएको नेपाल आदिवासी जनजाति महासंघ ( फिप्ना) अमेरिकाले आगामी दिनमा अझ सशक्त र प्रभावकारी भुमिकाहरू निर्वाह गर्दै जाने बताएको छ ।
कोरोना कहरका कारण भर्चुवलरूपमा सम्मन्न जनवरी १६ का दिन सम्पन्न संघीय परिषद बैठकले फिप्ना केन्द्रीय कार्यसमितिले मुख्य गरेर ४ .वटा विषहरू प्रस्तुत गरी त्यसउपर छलफल गरी निर्णय गरेको छ ।

बैठकले नियमित रूपमा वार्षिक आय/व्याय समेटिएको आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन कोषाध्यक्ष र महासचिवले कार्यसमितिको तर्फबाट प्रस्तुत गरेकोमा उपस्थित सम्पूर्ण प्रतिनिधीहरूबाट सर्वसहमतीले पारित गरेको छ ।

त्यस्तै बैठकमा महासंघका अध्यक्ष लोक चेम्जोङले आगामी रणनीतिहरूको विषयमा वैचारिक मार्गचित्र कार्यसमितिको तर्फबाट पेश गरेका थिए । जसमा अबको फिप्नाले खासगरेर नेपालको आदिवासी जनजाति आन्दोलनको उपलब्धीहरूको रक्षाको लागि निरन्तर विभिन्न रचनात्मक भूमिका निर्वाह गर्नुका साथै नेपालका उत्पीडित जाती, समुदाय, क्षेत्र र लिङ्गका जनताहरूलाई राज्यको मूलप्रवाहमा समाहित गर्न उनिहरूको शैक्षिक, आर्थिक, सामाजिक, स्वास्थ्य, राजनितिक सबै क्षेत्रमा सहयोगी भूमिका निर्वाह गर्न रचनात्मक कार्यक्रमहरू र परियोजनाहरू संचालन गरिने निर्णय समेत गरेको छ ।

बैठकमा फिप्नाको कार्यक्षेत्रलाई विकास र विस्तार गर्दै नेपाली अमेरीकन आदिवासी जनजातिहरूको साझा संस्थाको रूपमा विकास भएकोमा अझ व्यापक बनाउदै आगामी दिनमा आदिवासीहरूको पेशागत संगठनहरूलाई पनि गोलबद्व गर्दै यसबाट युवाहरू, विद्यार्थीहरू, महिलाहरू, पत्रकारहरू, कलाकारहरू, कानुन व्यावसायीहरू, साहित्यकारहरू सबैलाई समेट्दै एकीकृत शक्ती निर्माण गर्दै जानु आजको आवश्यकता हुने नितिगत प्रस्ताव समेत पारित गरिएको छ ।

नेपाली अमेरीकनहरूको पहिचानलाई स्थापित गर्दै नेपाली कला, साहित्य, ईतिहास, भाषा, संस्कृतिको संरक्षण सम्बर्धन र प्रवर्धन गर्दै विश्वसमुदायलाई नेपालप्रति आकर्षित गराउने उद्धेश्यले नेपाली आदिवासी सांस्कृतिक अध्ययन केन्द्रको रूपमा न्यूयोर्कमा स्थापित गर्ने निर्णय समेत पारित गरिएको छ । साथै उक्त विषयमा अझ थप प्रभावकारी र व्यवस्थित योजनाका साथ अगाडी बढ्नलाई थप गृहकार्य गरेर कार्यसमितिले योजना बनाउने छ ।

No description available.

वि.सं.२०७७ माघ ६ मंगलवार १७:२३ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...