back
CTIZAN AD

लघुकथाः आँशुको शक्ति

वि.सं.२०७७ माघ १० शनिवार

777 

shares

‘माया र सम्मान भएको ठाउँ पाउन उस जन्ममा तपस्या गर्नु पर्ने नै रहेछ कि क्या हो । त्यो विना त्यो सौभाग्य प्राप्त हुँदैन रहेछ !?’ भक्तिमायाले भनिन् ।

‘मलाई त त्यस्तो कुरामा विश्वास लाग्दैन । मानव हित भन्दा अरू कुरा संसारमा केहि छैन । मानव हित गर्न भनेर समाजमा अनेक संस्थाहरू बनाइएका छन् । सिंगो राज्य मानव हितका लागि बनाइएको हो । अरूको लागि न्याय गर्न सक्ने त्यागी मान्छे हामीले पाउन नसकेर हामीले दुःख पाएका हौं । सबैलाई न्याय दिने भन्छन् तर न्याय दिने ठाउँमा पुगे पछि सबै स्वार्थी बनिदिन्छन् । गाँठी कुरा यही हो ।’ जमुना म्याडमले भनिन् !

‘वैरभाव हटाउने उपाय प्रेमपूर्ण र न्यायपूर्ण ब्यवहार हो । अरूको हित गर्न अर्थात लोकहितको निम्ति निजी स्वार्थ त्याग्नु पर्छ । अनि अरूको लागि केहि गर्न सकिन्छ ।’ जुनु मैयाले भनिन् ।

‘विवेकशील आचरण बिना हाम्रो मुलुक समृद्धशाली बन्न सक्तैन !’ सामाजिक अगुवा प्रेममायाले भनिन् ।

‘तिमीहरू सबैका कुरा सुनेर म त अलमलमा परें । किनभने यस्तै कुरा गर्ने शिबराम केहि नभएको त्यागी भन्थ्ये । तर अहिले उसको सम्पत्ति अरब होइन खर्ब पुगेको छ भनेर मुद्धा चलेको छ !’ दिलशोभाले भनिन्।

‘कुरा गर्न सिपालु धेरै भए तर विवेकी भएर काम गर्ने ब्यवहार गर्ने थोरै भए ! बहुमतको निर्णयसबैले मान्नु पर्छ भन्छन तर बहुमतको निर्णय सबै ठाउँमा विवेकी हुँदैन । बहुमत पक्ष न्यायपूर्ण काम गर्दैन । न्यायपक्ष अल्पमतमा पर्छ । प्रायः जसो बहुमत अन्याय पक्षमा भएको छ । समस्या भनेको यहि हो । ठाउँमा पुगे पछि आ–आफ्नो स्वार्थमा लागेर अरूको हितलाई तिलान्जली दिन्छन् र आआफ्नानै स्वार्थपूर्ति गर्ने तर्फ लाग्छन् ! यस्को ज्वलन्त उदाहरण त्यागी नेता भनिने शिवराम र उनका मान्छेहरू नै काफी छन् ।’ किसान अगुवा प्रेम बहादुरले भने ।
‘महान भनिने ब्यक्तिहरू नीच बनिदिए पछि र सबै इमान्दार र निर्दोष मान्छेहरूको काम बिगार्न मात्र जान्ने भए पछि बनाउन नजान्ने भएपछि अर्थात बिगारे आफू मात्र बन्ने भए पछि कहाँ सबैको हित हुन्छ र ?! इमान्दारहरूलाई रूवाईएको छ !’ देबरामले भने ।

‘इमान्दारहरूको आँशु बेइमान र षडयन्त्रकारीहरूको षडयन्त्र भन्दा कैयौं शक्तिशाली हुन्छ । आँशु कमजोरहरूको प्रतिक होइन !? आँशुमा असिमित शक्ति हुन्छ ।’ पचासी वर्षीया मनमायाले भनिन् ।

वि.सं.२०७७ माघ १० शनिवार ०८:१४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...