back
CTIZAN AD

कविता: म

वि.सं.२०७७ माघ १० शनिवार

807 

shares

करोड साथ साथ छन् म एकलै छु खासमा
करोड विज्ञ छन् यहाँ म अल्प ज्ञान भेषमा
करोड शिक्षितै भए म एक हो अशिक्षित
छ कल्पना सधैँभरी म विज्ञ बन्न लक्षित ।।१।।

करोड छन् धनी धनी म एक हो अकिञ्चन
करोड हाँस्दछन यहाँ म गर्छु नित्य रोदन
करोड स्वस्थ छन् यहाँ म रोगले मरेँ मरेँ
चलाख छैन चेतना भुलेर के गरेँ गरेँ ।।२।।

करोड मित्र छन यहाँ म शत्रु द्वन्दमा परेँ
करोड दान छन् दिने म मात्र लुब्ध के गरेँ
रोडको छ स्वर्ग यो म नर्क मात्र ठान्दछु
अवश्य लोभ पापले म दुष्ट तुल्य मान्दछु ।।३।।

करोड फूल फूल्दछन छ वासना हराभरा
करोड सुध्रिए यहाँ म खोजमा परम्परा
करोडको छ एकता म एक्लिएँ सधैँ भरी
बसुन्धरा रमाइलो म न्याउली चरी सरी ।।४।।

विशाल देशको भलो गरेर वस्न छन् खुसी
करोड रोग भोकले उता गए बसे छुसी
करोडको छ कामना करोडको विडम्बना
म एक फूल झैँ हुने छ नित्य स्वच्छ कल्पना ।।५।।

छन्द : पञ्चचामर

वि.सं.२०७७ माघ १० शनिवार ०८:१८ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...