back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ माघ १० शनिवार

2.3K 

shares

१.
दुइ दिन को जिन्दगि कहिँले यहा कहिले कहाँ
कहाँ छ र मेरो कोहि आफ्नो भन्ने नै यहाँ
आफ्नै रगत त बैरि भयो कस्को भर गरु
छैन कहि यस्तो ठाउँ रमाउन सकु म जहाँ ।

२.
तिम्रो प्यारको उपहार यो गजल कोर्दैछु
छरिएका मुटुका टुक्रा एक एक गरि सोर्दैछु
प्रेमको यस युद्धमा तिमि जित्यौ म हारे
सम्झनाको दिवारमा म आफ्नो टाउको फोर्दैछु।

३.
मायाको बजार खै कहा पाईन्छ होला
आफ्नो बैशको पनि पसल चलाइन्छ होला
आफ्नो त बिक्ने सामान यहि मात्र त हो
दाम संगै केहि रमणिय पल बिताईन्छ होला ।

४.
कति आतुर यो आँखा तिमिलाई हेर्न
तिम्रा सुन्दर रुपलाइ मुटु भित्रनै कोर्न
अमुल्य हुन्थ्यो त्यो पल हेराहेर मै हाम्रो
दुबै हात अघि बढ्थ्यो अङालोमा बेर्न ।

५.
तिमि म संगै बसे तिम्रो चुरा बज्न सक्छ
मस्तिमा रमाउने प्रेमिल माहौल जम्न सक्छ
बेचैन दिल एक आपसमा हराए पछि त
हाम्रो मायाको चिनो प्यारो भुरा बन्न सक्छ ।

वि.सं.२०७७ माघ १० शनिवार ०८:२० मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...