back
CTIZAN AD

गजल

वि.सं.२०७७ माघ १० शनिवार

870 

shares

परदेशी युवा द्वारा आत्महत्या लगातार भएकोछ,
सधैभरी बेखबर हाम्रो देशको सरकार भएकोछ ।

पढ्न आएका बिद्यार्थीहरुले आत्महत्या गर्दा त,
बा आमाको त्यो आँखामा साउँन असार भएकोछ ।

धन बिनाको मन भएर पनि त पुग्नेरैनछ समाजमा,
लाग्छ केहि पढाईको केहि आर्थिक भार भएकोछ ।

आमा बा देखि टाढा बसेका युवाहरुमा त धेरैजसो,
मानसिक तनावनै आत्महत्याको आधार भएकोछ ।

हेरन उता परदेश गएका छोरा छोरी झुण्डिएर मर्दा,
घरमा आमा र बालाई लाशको ईन्तजार भएकोछ ।

सरकार थोरै समस्या त बुझौँ अब देश र जनताको,
हाम्रो देशमा सदियौँ देखि आशुको ब्यापार भएकोछ ।

वि.सं.२०७७ माघ १० शनिवार ०८:२४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...