back
CTIZAN AD

पाँच मुक्तक

वि.सं.२०७७ माघ १० शनिवार

768 

shares

१.
अजिव चाहको भोगमा कति
सदन फेरियो फेरियो अति
जुनसुकै पुगे लुट्न खोज्दछन्
मुलुकको अझै देख्छु दुर्गति ।

२.
आमा बुबाको प्रित सम्झिएनन्
कर्तव्य के हो रित सम्झिएनन्
भविष्य आफ्नो घरबार हेर्दा
यो देशको नै हित सम्झिएनन् ।


दे का पीडा दर्दले मन् खिएन
मेरो चोखो प्रेम झूटो थिएन
तिम्रो मात्रै सम्झनाले सतायो
आयो तिम्रै याद बाँच्नै दिएन ।

४.
मस्त नीद तोडे, के गरौँ म
अर्ध झ्याल खोले, के गरौं म
सर्प दन्त धस्दै, अङ्ग अङ्ग
आङ चिल्न खोजे, के गरौं म ।

५.
बिहानीको पैलो प्रहरमा म आएँ
तिमी बस्ने तिम्रै शहरमा म आएँ
पुष माघे चिसो हुँदा अति जाडो
तिमीलाई भेट्ने रहरमा म आएँ ।

वि.सं.२०७७ माघ १० शनिवार ०८:२६ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...