back
CTIZAN AD

गजल

वि.सं.२०७७ माघ १० शनिवार

777 

shares

सोच्छन् लुटेराहरु, जनता आफ्नो दास हुनुपर्छ ।
कचहरीका मन्चमा,आफ्नो स्थान खास हुनुपर्छ ।

जुत्ताका मालाले सजाउनु पर्ने, उनका गलामा,
रङ्गीचङ्गी फूलहरुको, मालाको रास हुनुपर्छ ।

जनता जाउन भाँडमा, पेट खाली हवस् या भरी,
आँफ्नो अलच्छिनी, थुतुनोमा मिठो गाँस हुनुपर्छ ।

नदी बेचेर हुन्छ या, देश बन्धकी राखेर हुन्छ,
उनकै हातमा सँधै, तीन एक्का तास हुनुपर्छ ।

म भन्छु यस्तो युगको, अब अन्त्य गर्ने बेला आयो,
आउने चुनावमा सबैको, सत्यानास हुनुपर्छ ।

वि.सं.२०७७ माघ १० शनिवार ०८:२८ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...