back
CTIZAN AD

कमरेड, घात हुन्छ भनेर कस्ले जान्यो र

वि.सं.२०७७ माघ १० शनिवार

768 

shares

रेलले तान्यो र
कमरेड घात हुन्छ भनेर
कस्ले जान्यो र ।

खुरुखुरु बुझायौ हतियार
बन्यौ तिमी कमरेड उसैको मतियार
रेलले तान्यो र
कमरेड घात हुन्छ भनेर
कस्ले जान्यो र ।

सिद्धांत र बिर्सेर स्वाभिमान
जबजमा कमरेड खोज्दै छौ पहिचान
रेलले तान्यो र
कमरेड घात हुन्छ भनेर
कस्ले जान्यो र ।

सुत्ली वम र बोकेर पटका
गरेकै हो कमरेड हामीले धमाका
रेलले तान्यो र
कमरेड घात हुन्छ भनेर
कस्ले जान्यो र।

जनसेना अरबको खाडिमा
तिमी हिड्ने कमरेड सरर गाडीमा
रेलले तान्यो र
कमरेड घात हुन्छ भनेर
कस्ले जान्यो र।

आगो बल्छ यो हाम्रो मन भित्र
खोइ फेरेको कमरेड सामन्ती चरित्र
रेलले तान्यो र
कमरेड घात हुन्छ भनेर
कस्ले जान्यो र।

गर दमन ताकेर मेसिनगन
रोकिदैन कमरेड यो हाम्रो आन्दोलन
रेलले तान्यो र
कमरेड घात हुन्छ भनेर
कस्ले जान्यो र ।

वि.सं.२०७७ माघ १० शनिवार ०९:२३ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...