back
CTIZAN AD

कविता: मेरो देश

वि.सं.२०७७ माघ १० शनिवार

1.4K 

shares

सुनौलो विहानी लिई घाम आयो,
मलाई कसैको कहानी सुनायो ।
छ यो देश मेरो हिराको सिरानी,
खुलेरै म हाँस्ने दिवानी बनायो ।१।

झरेको छ झर्ना हुँदै नागवेली,
पहाडी पखेरा सुसेल्दै रसायो ।
छ रारा र फेवा खुदै शान हाम्रो,
स्वदेशी जवानी खुली मुस्कुरायो ।२।

लिएको हजारौँ सुगन्धी छ हावा,
खुशी लाख छर्ने गुराँसे मुना यो ।
छ मेची र काली लुकेको नसामा,
जहाँ बग्छ कोशी त्यहीँ प्राण मेरो ।३।

छ चुड्का र ख्याली बिनायो र मादल,
सबै साथ खेल्छौँ नतेरो न मेरो ।
छ प्यारो धरा यो उमा जानकीको,
यसैमाझ रम्ने कला पारखीको ।४।

महात्मा कयौँले सिँगारे र देश,
बने वीरताको नमूना अशेष ।
दिए त्याग गर्दै धरा यो अखण्ड,
रहोस् धाम मेरो युगौँ यो अनन्त ।५।

छन्द: भुजङ्गप्रयात

वि.सं.२०७७ माघ १० शनिवार ०८:३४ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...