परिवर्तनको हुरिले संसारले प्रगति गर्दै,
सबै थोक बद्लिएर नयाँ
स्वरुप लिएको बेला,
मेरो गाउँका झुग्गी
झोपडीहरु पनि
बद्लिएर
जस्ताका पाताले छानो
छाएको पक्की घरहरु
अनि गिटी बालुवा र
सिमेन्टले बनेको कंक्रिटको
अलिसान भवनहरुमा
बद्लिएर नयाँ रुप लिए
तापनि
मेरो गाउँको पुरानो विचारधाराहरु
अझै किन बद्लिएन ।
शिक्षा क्षेत्रमा संसारले
प्रगति गर्दै सबै शिक्षित भईसक्दा
विज्ञानले प्रगति गरेर
स्थल,आकाश र जलमा राज गर्दा
चिकित्सकले प्रगति गर्दै
मानिसलाई नयाँ जीवन दिँदा
माटोको भुईमा बसेर
पलेटी कसेर टन्न भात खानेहरु
भव्य भान्साघरको आकर्षक डाईनिङ
टेबलमा बसेर
डाइट चार्ट अनुसार खाद्य ग्रहण गर्ने
भईसक्दा पनि
गाउँको छली र जाली
विचारधारा परिवर्तन किन भएन ।
परिवर्तनको हावा चलेर
संसार प्रगतिको बाटो
हिडिसक्दा
देश म्यानुएल युगबाट
परिवर्तन भई सबै
डिजिटल हुदाँ,
साँघुरो दुई लेनको
मधेशका कालो अलकत्रे सडकहरु,
सोह्रलेनको चौडादार
अलकत्रे बाटोमा परिणत हुँदा
मेरो गाउँको चिप्लो बाटो
पनि सिमेन्टको पोनी रोड र
जिपेबल पक्की कालो
सडकमा परिणत भईसक्दा
गाउँको आह्रिसे कपटी
मानसिकता अझै किन बद्लिएन ।
शिक्षा क्षेत्रमा संसारले
प्रगति गर्दै सबै शिक्षित भईसक्दा
विज्ञानले प्रगति गरेर
स्थल,आकाश र जलमा राज गर्दा
चिकित्सकले प्रगति गर्दै
मानिसलाई नयाँ जीवन दिँदा
माटोको भुईमा बसेर
पलेटी कसेर टन्न भात खानेहरु
भव्य भान्साघरको आकर्षक डाईनिङ
टेबलमा बसेर
डाइट चार्ट अनुसार खाद्य ग्रहण गर्ने
भईसक्दा पनि
गाउँको छली र जाली
विचारधारा परिवर्तन किन भएन ।
संचारको दुनियाँमा
संसारले तिव्र प्रगति गर्दै
संसारको कुना कुनाको
हरेक परिवर्तन र घटनाहरु,
पलभरमै मोबाईल ,टेलिभिजन र,
इन्टरनेटको माध्यमबाट
हामीलाई प्रत्येक पलको
समाचारले जागरुक गराउँदा,
समाचारपत्र पढ्न छोडेर
बिहानै कम्प्युटर र मोबाइलमा
इन्टरनेटबाट संसारको
हरेक ताजा खबर पढ्ने भईसक्दा
गाउँका कतिमान्छेको
अर्काको कुरा गर्ने बानी किन गएन ।
वि.सं.२०७७ फागुन १ शनिवार ०८:१८ मा प्रकाशित






























