back
CTIZAN AD

नेपाल पत्रकार महासंघ भारत शाखामा लोकेश

वि.सं.२०७३ माघ १६ आइतवार

1.5K 

shares

patrakar-maha-sang-bharat-11
नेपाल पत्रकार महासंघ भारत शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । ३० जनवरीका दिन भारतको राजधानी दिल्लीस्थित नेपाल आवाज दैनिक पत्रिकाको सभाहलमा सम्पन्न दुई दिने अधिवेशनले यसअघिको तदर्थ समितिलाई पूर्णता दिँदै सर्वसम्मतिमा लोकेश शाहको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा देवबहादुर कुँवर, महासचिवमा गोबिन्द पोखरेल, सचिवमा ऋषिराम अधिकारी, सहसचिवमा अर्जुन खनाल र कोषाध्यक्षमा धनबहादुर बिक चयन गरिएका छन् । त्यसैगरि सदस्यमा इन्द्रकमल जैरु, देवेन्द्र केसी क्षेत्री, भेषराज पौडेल, खुमबहादुर गुरुङ र पुजा शाह चयन हुनुभएको छ।
भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायको विशेष आतिथ्यता रहेको सो समारोहमा शाखालाई आधिकारिकता प्रदान गर्न नेपाल पत्रकार महासंघका सचिव धमेन्द्र कर्ण, उपत्यका प्रमुख एवं केन्द्रीय सदस्य इश्वरी वाग्ले र मध्यपश्चिमाञ्चल प्रमुख एवं केन्द्रिय सदस्य झलक गेरैको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत उपाध्यायले दुई देश बिचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन पत्रकारको भुमिका महत्त्वपुर्ण हुने बताउनु भयो । कार्यक्रममा दिल्लीमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिमुलक संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
नवनिर्वाचिति अध्यष शाहले भारतभरि छरिएर रहेका पत्रकारहरुलाई महासंघमा आवद्ध हुन आह्वान गर्दै श्रमजिवी पत्रकारहरुको कलम देशको स्वाधिनताको रक्षा गर्नका लागि चल्नु पर्नेमा जोड दिनुभएको छ ।

वि.सं.२०७३ माघ १६ आइतवार १५:१४ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...