back
CTIZAN AD

छुट्टै भेला गराए कारबाही गर्छु भन्ने ओलीलाई योगेशले दिए प्रमुख आथित्यताको निम्तो

वि.सं.२०७७ चैत ३ मंगलवार

585 

shares

चैत ३, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय भेलाको आथित्यता गर्न निम्तो दिएको छ । मंगलबार राष्ट्रिय भेलाबारे जानकारी दिन आयोजित कार्यक्रममा पार्टी सचिव योगेश भट्टराईले उद्घाटन समारोहमा आउन निम्ता दिएका हुन् ।

‘ओलीजीले आफ्ना अनुयायीलाई भन्नुभएको रहेछ। हाम्रो कार्यक्रमको नजर लगाउनू भनेर, परिचयसहित आए हुन्छ स्वागत छ। यो भेला पनि तपाईंकै हो। बरू तपाईं नै प्रमुख अतिथि भएर भेलाको उद्घाटन गर्नुहोस् कसैलाई खटाउनुनै पर्दैन। आफैं आउनुहोस्।’

भट्टराईले आफुँहरु प्रत्येक कारबाही सहन तयार रहेको बताए । ‘हामी एकपछि अर्को कारबाहीका लागि तयार छौ’, भट्टराईले ओलीलाई भने, ‘तपाईंले गर्ने प्रत्येक कारबाहीका लागि लामबद्ध छौं।’

अर्का नेता सुरेन्द्र पाण्डले भने ओली नै गलत आधारमा उभिएको भन्दै कारबाही गर्छु भन्न नसुहाउने बताए । ‘जो स्वयं नै कामकारबाहीहरु कारबाही योग्य छ, जब आफैं गलत आधारमा खडा भएको अध्यक्षले अरुलाई कारबाही गर्छु भन्न सुहाउने कुरा भएन’, उनले भने ।

मंगलबार बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छुट्टै भेला गराए गर्नेलाई र भेलामा सहभागी हुनेलाई पार्टीको विधानअनुसार कारबाही गर्ने चेतावनी दिएका थिए ।

माधव नेपाल पक्षले भोली र पर्सी राष्ट्रिय कार्यकर्ता भेला गरेको छ । झण्डै २ हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने बताइएको भेलाबाट माधव नेपाल पक्षले आगामी रणनीति तयार पार्नेछ ।

सम्बन्धित समाचार

माधव पक्षलाई ओलीको चेतावनी : अनुशासनविपरीत कार्यक्रम गरिए विधानअनुसार कारबाही गरिनेछ

वि.सं.२०७७ चैत ३ मंगलवार १५:१६ मा प्रकाशित

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...