back
CTIZAN AD

अफगानिस्तानको घाटा बजेट पूर्ति गर्न मुद्राकोषबाट ४६ प्रतिशत ऋण

वि.सं.२०७७ चैत ५ बिहीवार

711 

shares

५ चैत, काबुल । अन्तर्राष्ट्रिय मुद्रा कोषले अफगानिस्तानका लागि २२ करोड ५० लाख अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ ।

चालू आर्थिक वर्षका लागि अफगानिस्तानको राष्ट्रिय बजेटमा रहेको घाटा पूर्ति गर्न प्रदान गरिने उक्त ऋण करिब ४६ प्रतिशत रहेको स्थानीय संचार माध्यमले जनाएका छन् ।

यो सहित अफगानिस्तानको कूल राष्ट्रिय ऋण एक अर्ब ५० करोड डलर पुगेको छ । मुद्राकोषले प्रदान गर्ने ऋण यसअघि अफगानिस्तानले बुझाउनुपर्ने ऋणको पुनर्भुक्तानीका लागि हो ।

अफगानिस्तानको पर्सियाली पात्रो अनुसार डिसेम्बर २१ देखि नयाँ आर्थिक वर्ष शुरु हुने गर्दछ । अफगानिस्तानको चालू आर्थिक वर्षको कूल बजेट करिब ६ अर्ब डलर रहेको छ जसमा करिब ४ अर्ब चालू खर्च र करिब २ अर्ब पूँजीगत खर्च रहेको छ ।

गृहयुद्ध र दिनहुँका हिंसाका कारण सङ्कटमा परेको अफगानिस्तानमा गरिबी, बेरोजगारी र सुख्खाले आम मानिसको दैनिक जीवन निकै कष्टमय बनाएको छ ।

अफगानी अधिकारीहरुका अनुसार सन् २०१९ मा करिब ५५ प्रतिशत अफगानी नागरिक गरिबीको रेखामुनि रहेका छन् । तर, विश्व बैंकको भनाईमा गत वर्ष गरिबीको रेखामुनि रहेका मानिसको संख्या ७२ प्रतिशतसम्म पुगेको छ ।
सिन्ह्वा

वि.सं.२०७७ चैत ५ बिहीवार १५:४७ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...