back

नगरपालिकाकै लगानीमा सडक कालोपत्र शुरु

वि.सं.२०७७ चैत ५ बिहीवार

132 

shares
NTC AD
Global IME AD

५ चैत, चरीकोट । दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं ४ का वडाध्यक्ष हरिवंश चौलागाईले जानकारी दिए ।

नगरपालिका र वाग्मती प्रदेश सरकारको कूल ८४ लाखको लागतमा सार्कीस्वाराडाँडादेखि भट्मासे गोलाइसम्म करीब ९०० मिटर पक्की सडक धमाधम निर्माण भइरहेको उनले बताए । भूकम्पपछि नगरपालिकाको निर्माण गरेको जिलु नमूना एकीकृत बस्ती तथा वडा नं ४ का नागरिकलाई लक्षित गरी आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले ७५० मिटर कालोपत्र र २५० मिटर ढलानको काम भइरहेकोे नगरपालिकाले जनाएको छ ।

नगरपालिकामार्फत सडक पक्की बनाउने काम २०७८ जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी अमूल एण्ड स्नेहा कन्स्ट्रक्सन चरीकोटले निर्माणको जिम्मा लिएको छ । सो सडक खण्डमा कालोपत्रका लागि आवश्यक पूर्वधार जाली पर्खाल, मेसिनरी बाल, पक्की नाला, ह्युमपाइपसहितको कच्वे, सडक ढलान सम्पन्न भएको निर्माण कम्पनीका प्रमुख प्रवीण श्रेष्ठले बताए ।

समय अवधि भन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए । अन्य क्षेत्रबाट स्रोत नभएपछि नगरपालिका आफैले लगानी गरेर सडक कालोपत्र निर्माणको काम शुरु गरेको हो । कृषि उत्पादनको भण्डारको रुपमा चिनिने जिलुमा सडक कालोपत्र भएसँगै कृषकसमेत खुशी भएका छन् ।

उत्पादन भएका तरकारी तथा अन्य सामग्री सहज तरिकाले चरीकोट बजारसम्म लगेर व्यापार गर्नको लागि सहज हुने भएको कृषकले बताएका छन् ।
रासस

वि.सं.२०७७ चैत ५ बिहीवार १६:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले बुझाइन् राजीनामा

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन्...

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...