४ फागुन, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अकंले बढेको छ । दोहोरो अकंको वृद्धि देखिएसँगै आज नेप्सेमा सूचिकृत सबै कम्पनी सूचक उकालो लागेको छ ।
आज बजार परिसूचक ६३ दशमलव ३८ अकंले बढेर समग्र परिसूचक २५३८ दशमलव ४६ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ९ दशमलब ४४ अकंले बढेर ४५३ दशमलब ५९ अकंमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २०६ कम्पनीको ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैंया बराबरको १ करोड २४ लाख ३० हजार २ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ८० हजार ९ सय ८६ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा नेपाल बङ्गलादेश बैंक, नेपाल लाईफ इन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकाशी, नबिल बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेपाल बङ्गलादेश बैंक, एनएमबी फिफ्टी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण भ्याली हाईड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज ३ लघुवित्त कम्पनीको सेयर मुल्यमा १० प्रतिशतले वृद्धि आएको छ । स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त, सूर्योदय लघुवित्तको सेयर मुल्य १० प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी सामुदायिक लघुवित्तको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ भने चन्द्रागिरी हिल्सको सेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज केही हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरु भने उच्च अकंले गुमाएका छन । ग्रिन लाईफ हाईड्रोपावरका लगानीकर्ताले ६.०६ प्रतिशत, खानीखोला हाईड्रोपावरका लगानीकर्ताले ६.०२ प्रतिशत, जोशी हाईड्रोपावरका लगानीकर्ताले ५.१५ प्रतिशत, घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ४.२२ प्रतिशत, दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ४.०३ प्रतिशतले गुमाएका छन ।
आज भएको कारोबारमा १३८ कम्पनी लागनीकर्ताले कमाउदाँ ३१ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ८ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।
वि.सं.२०७७ चैत ८ आइतवार १५:२४ मा प्रकाशित



























