back
CTIZAN AD

अमेरिकाको कोलोराडोमा बन्दुकधारीले गोली चलाउँदा १० को मृत्यु

वि.सं.२०७७ चैत १० मंगलवार

579 

shares

१० चैत, संयुक्तराज्य अमेरिका । अमेरिकी राज्य कोलोराडोमा सोमबार एउटा खाद्यान्नको सुपरमार्केटमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिनेमा एक जना प्रहरी पनि रहेका छन् ।

प्रहरीले अमेरिकी इतिहासमा भएका सामूहिक आमहत्याकै यो एउटा विभत्स हत्या शृंखला रहेको जनाएको छ ।

गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ । बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिए ।

प्रहरी प्रमुख मरिस हेरोल्डले किङ सूपर्स नामको सुपरमार्केटमा गोली चलेको खबर पाउनासाथ घटनास्थल पुगेका ५१ वर्षीय प्रहरी एरिक टाल्लीको पनि गोली लागेर मृत्यु भएको जानकारी दिए ।

लाइभस्ट्रिम गरिएको भिडियोमा एक जना श्वेत अधबैंसे व्यक्तिलाई प्रहरीले घटनास्थलबाट बाहिर निकालेको देखिएको थियो ।

राष्ट्रपति जो बाइडेनलाई उक्त घटनाका बारेमा जानकारी गराइएको ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् । बाइडेनले गत महिना पनि बन्दुक राख्ने बारेमा सुविचारित निर्णय गर्न संसद समक्ष आग्रह गरेका थिए ।

कोलोराडोका गभर्नर जारेड पोलिसले बाउल्डरमा यस्तो गोलीकाण्ड भएको सुन्दा आफूलाई निकै दुःख लागेको बताएका छन् ।

सुपरमार्केट भित्र रहेका उक्त घटनाका प्रत्यक्षदर्शीहरुले पछाडिको ढोकाबाट भाग्नुअघि धेरै पटक गोलीको आवाज सुनेको बताएका छन् । आठ पटक बन्दुकको गोलीको आवाज सुन्नु भएका रायन बोरोस्कीले आफू भाग्यले बाँचेको सिएनएनलाई प्रतिक्रिया दिएका थिए ।

दर्जनौं बख्तरबन्द गाडी, एम्बुलेन्स र शसस्त्र प्रहरी तत्कालै घटनास्थलमा पुगेका थिए ।

कोलोराडोमा अमेरिकी इतिहासमै निकै डरलाग्दा दुई वटा आमहत्याका घटना भइसकेका छन् । सन् १९९९ मा दुई जना युवाले आफूहरुले आत्महत्या गर्नुअघि कोलम्बाइन उच्च माध्यमिक विद्यालयमा आक्रमण गरी विद्यार्थी र शिक्षक गरी १२ जनाको हत्या गरेका थिए ।

त्यसपछि सन् २०१२ मा एक जना भारी हातहतियार लिएका एक व्यक्तिले कोलोराडोको अरोरास्थित चलचित्र हलभित्र प्रवेश गरी गोली चलाएर १२ जनाको हत्या गरेका थिए ।
एएफपी

वि.सं.२०७७ चैत १० मंगलवार १५:५४ मा प्रकाशित

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा...

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...