back
CTIZAN AD

धुर्मुस– सुन्तलीप्रति एक विद्यार्थी नेताको कडा टिप्पणी

वि.सं.२०७७ चैत १० मंगलवार

816 

shares

१० चैत्र, काठमाडौँ । अखिल छैटौका अध्यक्ष विमल पोखरेलले धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले रुँदै थप तनाब लिएको देखाउन खाेजेकाे भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता पोखरेलले ‘धुर्मुस सुन्तलीले रंगशाला बनाउने कुरा आफ्नो अवैध रोजगार र पब्लिक सेन्टिमेन्ट खिच्ने सस्तो तरिका भएको’ बताएका छन् ।

‘धुर्मुस दाइ र सुन्तली दिदीले रङ्गशाला बनाउने कुरा आफ्नो अवैध रोजगार र पब्लिक सेन्टिमेन्ट खिच्ने सस्तो तरिका थियो । मिडियाले व्यापक समर्थन र प्रचार गरिदिएपछि हामीले बोल्दा गाली पाइन्थ्यो । अहिले त्यो किन बेठीक थियो भनेर सबैले बोल्ने बेला आएको छ । क्रिकेट अरबौंको व्यापार हो । जनताको पैसा सित्तैमा बटुलेर अरबपति बन्ने योजनामा ठेस लाग्नु अनिवार्य थियो ।’

उनले विश्वविद्यालयको जग्गा फिर्ता गर्न सुझाव दिएका छन् । उनले भनेका छन् ‘विश्वविद्यालयको जग्गा अवैध तरिकाले हडपेर, दुनियाँको पैसा बटुलेर रुँदै थप तनाव लिएको देखाउनु भन्दा व्ल्याकमेलिङमा परेर आजसम्म सहयोग गरेका जनतालाई धन्यवाद दिंदै विश्वविद्यालयको जग्गा सरकारलाई हस्तान्तरण गर्नु वेश हुन्छ । व्ल्याकमेल गरेर जनताबाट पैसा उठाउने र समाजसेवा गर्छु भन्नु आर्थिक अपराध रहेछ, अब जनताले बुझ्ने भए भनेर आँसु आएका हुन् भन्ने बुझ्नु जरुरी छ । जनताको नासो सरकारलाई बुझाउनु बाहेक अर्को विकल्प छैन । ’

‘व्यापारिक प्रयोजनको लागि बनाइदै गरेको रङ्गशालामा जनताको पैसा शेयरको रुपमा लगानी गरिन्छ भने ठीकै हुन सक्छ । व्ल्याकमेल गरेर पैसा उठाउने धन्दा बन्द गरिनुपर्छ । विश्वविद्यालयको जग्गा भएको हुनाले त्यसको सबैभन्दा ठूलो हिस्सेदार सरकार र विश्वविद्यालय नै हो ।’ उनले भनेका छन् ।


चितवनमा निर्माणाधिन रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला आर्थिक अभावका कारण अलपत्र परेपछि सोमबारदेखि मेचि महाकालि अभियान सुरु गरेको छ ।

वि.सं.२०७७ चैत १० मंगलवार १७:४६ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...