back
CTIZAN AD

एनआरएनए न्युयोर्क च्याप्टरको अध्यक्षमा विष्णु राना मगरद्धारा उम्मेदवारी घोषणा

वि.सं.२०७७ चैत १२ बिहीवार

801 

shares

१२ चैत, न्युयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका, न्युयोर्क च्याप्टरको अध्यक्षमा विष्णु राना मगरले उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि अमेरिकामा रहेर विभिन्न संघ संस्थामार्फत् नेपाली समाजमा विशेष योगदान गर्दै आएका राना मगरले एनआरएनएनलाई ‘राम्रो पनि र हाम्रो पनि संस्था’ बनाउने अभियानमा लागिरहेको बताएका छन् ।

‘ म पद मात्र प्राप्त गर्ने होडबाजीमा छैन । म एनआरएनएलाई राम्रो पनि हाम्रो पनि संस्था बनाउने अभियानमा छु । मैले ब्यक्तिगत रूपमा सामाजिक कार्यहरू गर्दा म राम्रो देखिन्छु, मेरो लागि यहि नै काफि छ तर मेरो ध्येय संस्थालाई राम्रो देखिने बनाउनुको साथै निर्बिवादित बनाई संस्थाप्रति तमाम एनआरएनहरूको आकर्षण बढाउनु नै हो,’ उम्मेदवारी घोषणा गर्दै राना मगरले भनेका छन् ‘यसर्थ मलाई तपाईहरूको सक्रिय साथ र समर्थन चाहिएको छ । तपाईंहरूको भौतिक मत चाहिएको छ । सहमति, सहकार्य र सहभागिताद्वारा नै एनआरएनएलाई सबैको प्यारो संस्था बनाउन सक्छौं ।’

May be an image of one or more people and text that says '"नेपालीका लागि नेपाली" NRNA . NCC-USA Nepal! बिष्णु રाना मगर अध्यक्ष पदका उमेदवार एनआरएन अमेरिका न्यूयोर्क च्याप्टर २०२१/२०ခ३ " समुदायप्रति थप उत्तरदायी एनआरएन निर्माण गरी 646-696-54950 v25rm@yahoo.com'

एनआरएनए न्युयोर्क च्याप्टरको अध्यक्ष पदमा मन र मत दुवै दिन अनुरोध गर्दै राना मगरले संस्थामा रहेर या नरहेर गरेको सामुदायिक कार्यहरूको अनुभव र नेपाली समुदायबाट प्राप्त सद्भावको आधारमा सबैको साझा संस्था एनआरएनए, न्युयोर्क च्यापटरको अध्यक्ष भएर काम गर्न सक्छु भन्ने आत्माविश्वास आफूमा रहेको घोषणाका क्रममा भनेका छन् ।

‘मेरो यो आत्माविश्वास चुनावी आत्माविश्वास मात्र नभएर सामाजिक कार्य गर्ने आत्माविश्वास हो । यसको ज्वलन्त उदाहरण, हाम्रो जीवनकालमा पहिले कहिल्यै नभोगेको कोरोना भाइरसको महामारीमा गरेका सामाजिक क्रियाकलापहरू हुन् । भविष्यमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर रूपमा गर्ने वाचा गर्दछु ।’ उनले भनेका छन् ।

 

वि.सं.२०७७ चैत १२ बिहीवार ०८:०९ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...