back
CTIZAN AD

के तपाईलाई छिटो छिटो पिसाब लाग्ने समस्या छ ? छ भने यस्ता छन् निको हुने घरेलु उपाय

वि.सं.२०७७ चैत १२ बिहीवार

954 

shares

१२ चैत्र, काठमाडौं । धेरै जसो मानिसहरूलाई छिटो–छिटो पिसाब लाग्ने गर्छ, जसको कारण उनिहरुलाई थाहा हुँदैन । साधारणतया बढी पानी, चिया–कफि पिउनाले धेरै पिसाब लाग्ने गर्दछ, तर केही व्यक्तिहरुमा यो एउटा गम्भिर समस्या पनि हुनसक्छ ।

प्रायः मानिसहरू शरीरका स-साना समस्यालाई बेवास्ता गर्छन् । दिनमा पाँच सात चोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ खतरनाक पनि हुन सक्छ ।

पिसाब छिटो–छिटो आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सक कहाँ गएर जँचाइ हाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउने हो भने पनि यस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ

अनार
अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाएर दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन ।

दही
दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गरेमा पनि घरीघरी पिसाब आउँदैन ।

तिल
कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।

मह र तुलसी
एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ।

मेथी
मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।
यस्ता उपाय अपनाउनु भयो भने छिटो छिटो पिसाब आउनबाट बच्न सकिन्छ ।

कुलथी
अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ।

वि.सं.२०७७ चैत १२ बिहीवार १३:२८ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...