back
CTIZAN AD

होलि किन मनाइन्छ, के छ साँस्कृतिक महत्व ?

वि.सं.२०७७ चैत १५ आइतवार

9.6K 

shares

नेपाल परापूर्वकालदेखि नै विभिन्न कला र संस्कृतिहरूले सुसज्जित हुँदै आएको मुलुक हो । नेपालीले मनाउने विभिन्न चाडपर्वमध्ये फागुपूर्णिमा अर्थात् होली पनि एक महत्वपूर्ण पर्व हो । वसन्त ऋतुको आगमनसँगै फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व रङ्गहरूको पर्व हो । नेपाल, भारत सहित विश्वका हिन्दू बाहुल्य क्षेत्रमा यो पर्व एक–अर्कामा रङ्ग दलेर निकै हर्षोल्लासका साथ मनाइन्छ । यो बाहेक विश्वभरी अन्य देशहरूमा गैरहिन्दूले समेत स्थानीय तरिकाले यो पर्व विभिन्न मौलिक नामले मनाउने गरेको पाइन्छ । यो पर्वले सांस्कृतिक महत्व बोकेकै छ, साथीभाइ, आफन्त र एकअर्काबीच मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न पनि अत्यन्तै ठूलो सघाउ पुर्याउँदछ ।

हरेक वर्ष फाल्गुन शुक्ल अष्टमीका दिन काठमाण्डौको हनुमानढोकास्थित वसन्तपुरमा चीर ठड्याएस“गै होलीपर्व शुरू भएको मानिन्छ भने चीरलाई ढलाएर टुँडिखेल पुर्याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यस वर्षको होली आज चैत्र १५ गते पहाडी जिल्लाहरूमा र भोलि १६ गते तराईका जिल्लाहरूमा मनाईँदैछ । विभिन्न प्रकारका रङ्गहरू एकअर्कामा दलेर यो पर्व मनाइन्छ । प्राचीन कालमा जडिबुटीजन्य वनस्पतिहरूको प्रयोग गरि रङ्गहरू बनाएर लगाउने चलन थियो । जसले छालाका अधिकांश रोगहरू लाग्नबाट बचाउँथ्यो, शरीरमा कफदोषलाई हटाउँदथ्यो । तर आजभोलि विभिन्न हानिकारक रसायनहरू मिश्रित कृत्रिम रङ्गहरूको प्रयोग बढ्दो छ । जसको प्रयोगमा सावधानी अपनाउनु आवश्यक छ ।

प्रत्येक रङ्गहरूको आ–आफ्नै महत्व रहेकाले तिनीहरूले फरक–फरक अर्थ दर्शाउ“दछन् । रातो रङ्ग हर्ष, उल्लास र कम्पनस“ग सम्बन्धित छ जसले विजय र मङ्गलको सङ्केत गर्दछ । त्यस्तै सेतो रङ्गको अर्थ पवित्रता र शुद्धताका साथै यसलाई सातै रङ्गको समष्टिरूप रङ्ग पनि मानिन्छ । नीलो रङ्गले विशालता, समावेशीता, स्वस्थता र शान्तिको सङ्केत गर्दछ । त्यसैले विशाल आकाश र समुद्र नीलो देखिन्छ । पहेँलो रङ्गले ज्ञान, बौद्धिकता, एवं सुखशान्तिको सङ्केत गर्दछ । हरियो रङ्ग शीतलता, खुशी, आरोग्यता र उद्यमशीलताको प्रतीक हो । कालो रङ्ग उर्जा र आकर्षणको केन्द्र हो, जसले सकारात्मक र नकारात्मक दुवै उर्जालाई ग्रहण गर्ने क्षमता राख्दछ । यसरी विभिन्न रङ्गको प्रयोग गरि मानिसलाई उपर्युक्त सबै फलहरू प्राप्ति होस् भनि होली पर्व मनाइन्छ ।

विशेषगरी होली पर्व शुरू हुनुमा विभिन्न प्रमाण र मतहरू रहेका छन् । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुको पुत्र भक्त प्रह्लादलाई मार्न भनि उनको फुपू होलिकाले अग्निमा डढाउन खोज्दा प्रह्लाद भगवान् विष्णुका प्रभावले बा“चेको तर होलिका आँफै डढेर भष्म भएको कुरा पुराणमा वर्णित छ । यहि दिनबाट होली पर्व शुरू भयो भन्ने कुरा पहिलो सर्वमान्य बलियो प्रमाणका रूपमा लिइन्छ । त्यस्तै द्वापर युगमा भगवान् कृष्णलाई मार्न भनि राजा कंशले पठाएकी राक्षसी पूतनालाई दूध चुसाउँदै गर्दा बालक कृष्णले पूतनाको वध गरेको दिनबाट गोकुलवासीहरूले रङ्गीन पर्वको रूपमा मनाउन शुरू गरेको मान्यता पनि रहिआएको छ । त्यस्तै काठमाण्डौको हनुमानढोका, ललितपुरको पाटन, भक्तपुरको दत्तात्रय, चाँगुनारायण मन्दिर आदिमा राधाकृष्ण, रुक्मिणी, गोपीनीसँग सम्बन्धित रहेर होली मनाउने परम्पराले होली पर्वसँग द्वापरयुगमा भगवान् कृष्णले गरेको रासलीला र गोपीनीहरूले गङ्गामा नुहाउँदा कृष्णले वस्त्र लुकाएर पछि दिएको प्रसङ्ग पनि सम्बन्धित छ भन्न सकिन्छ । सबैमा फागुपूर्णिमा अर्थात् होलीपर्वको अशेष शुभकामना ∕ अस्तु । ईमेल :  sudipkrishna.np@gmail.com

(लेखक काफ्ले धर्म र संस्कृतिका अध्येता हुन् । )

 

 

वि.सं.२०७७ चैत १५ आइतवार ०७:५७ मा प्रकाशित

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...