Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, ३५६५ नमुना परीक्षण गर्दा १७९ संक्रमित



२० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार ५६५ नमुना परीक्षणमा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १७९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७७ हजार ६४० पुगेको छ ।

त्यसैगरी आज देशैभरी १११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७२ हजार ९६२ पुगेको छ । निको हुनेको यो दर ९८.३ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट निधन हुनेको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३१ रहेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या १६४७ रहेको छ भने क्वारेन्टिनमा रहनेको संख्या ६१ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २२ लाख ७९ हजार १०५ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

आज देशैभरी १५२ जनामा कोरोना संक्रमण, १ जनाको निधन, ६५ जना निको

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा