back
CTIZAN AD

कविता: वर्ग अन्तर

वि.सं.२०७७ चैत २१ शनिवार

957 

shares

उनीहरू वर्ग संघर्षको कुरा गरिरहेछन
हामीहरु वर्ग समन्वयको कुरा गरिरहेका छौं,
उनीहरू सर्वहारा श्रमजीवी वर्गको कुरा गरिरहेका छन्
हामीहरु पैसावाल व्यापारीको कुरा गरिरहेका छौ
यसैले उनीहरु र हामीमा दृष्टिकोणमा फरक पर्दै गएको छ,
वर्ग संघर्ष त, जमानाको कुरा भयो
अब त ‘विकास’ र ‘समृद्धि’ को कुरा गर्नु पर्दछ,
पैसा सरसहयोग गर्ने व्यापारी ब्यवसायीको कुरा गर्नुपर्छ
उनीहरूले गरेको सहयोगको सम्मान गर्न जान्नु पर्दछ
अब उनीहरूका पीर मर्का सुनेर ‘माफी’,‘मिनाहा’ पनि गरिदिनुपर्छ
उनीहरूको अनुभव र विज्ञताको सहयोग पनि लिन जान्नु पर्दछ
राष्ट्रिय ÷अन्तर्राष्ट्रिय सहयोग पनि लिन जान्नु पर्दछ
साम्राज्यवाद, विस्तारवादका जार्गन शब्द प्रयोग गर्न छोडी दिनुपर्छ
हामीलाई त डलरमा पैसा चाहिएको छ
उनीहरूले गरेको सहयोगको सम्मान गर्न जान्नु पर्दछ
किनकि हामी र उनीहरूको गन्तव्य एउटै हो,
श्रमजीवी वर्ग त चुनावका वेला ‘भोट बैंक’ न हुन
चुनावमा आकर्षक नारा ,पैसा र खाजा दिएपछि
उनीहरूको भोट कन्फर्म भई हाल्दछ,
मुख्य कुरा त हामीलाई राजनीति टिकाउनु छ
पैसावालहरुसंग मित्रता नगांसीकन
राजनीति टिक्न पनि सक्तैन
त्यसैले सर्वहारा श्रमजीवी वर्गको जार्गन कुरा गरेर होइन
राजनीति टिकाउने सहयोगी हातहरुसंग
मन मिलाएर अगाडि बढन जान्नु पर्दछ
वर्ग अन्तर भए पछि समय सापेक्ष हिड्न पनि जान्नु पर्दछ
वर्ग अन्तर भए पछि नयाँ वाटो पहिल्याउन पनि जान्नु पर्दछ ।

वि.सं.२०७७ चैत २१ शनिवार ०५:३४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...