back
CTIZAN AD

गजल

वि.सं.२०७७ चैत २१ शनिवार

720 

shares

न त देश भित्र कत्ति बिकास हुन सक्यो,
न जनताको शुरक्षा नी खास हुन सक्यो ।

शंघर्ष त गर्छौ प्राणकै बाजि लगाई हामी,
न नेता को ईरादामा निकास हुन सक्यो ।

छैन रोजगार परदेश काम माग्न जाने हो,
न आफ्नै देशभित्र बस्ने बास हुन सक्यो ।

जीवनभरी मज्दुरी गर्छौ तन मन खियाई,
न त सुखसँग खाने एक गाँस हुन सक्यो ।

देशभक्त त हुँ तर देशभित्र बस्न सकिनँ म,
जिन्दगी पनि कहिलै न बतास हँन सक्यो ।

बुढी आमाले भन्नु हुँन्छ कयौँलाई जन्माए,
बुढेश कालमा न कुनै पुत्र पास हँन सक्यो ।

खै त हाम्रो सन्तान वीर पौरखी भएता पनि,
दुःख बाहेक न त सुखको रास हुन सक्यो ।

पुस्तौँ पुस्ता शंघर्ष गर्छौ देश बिदेशमा हामी,
साँच्चै न त समस्याकै सत्यनाश हुन सक्यो ।

 

वि.सं.२०७७ चैत २१ शनिवार ०५:३५ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...