back
CTIZAN AD

कविताः प्रणय-सुख

वि.सं.२०७७ चैत २१ शनिवार

762 

shares

कमलनयन तिम्रा,चेतनाले समाओस्
नजर निपुण लागून्, दिव्य आनन्द छाओस्
हृदयतल सजाऊ,प्रेम पोख्दै अतीव
मन अतिशय प्यासी,प्रेम वर्षा वसन्त ।।१।।

मृदुल मधुर भाषी, मोहिनी रूपधारी
वरपर वन पाखा,फूल बन्छन् छहारी ।
अधर युगल देखेँ, चन्द्रिकाझैँ अमूल्य
छ र मगमग खुस्बू ,कामिनी हौ अतुल्य ।।२।।

मृदु मधुवन ठानेँ, प्रेमका बागभित्र
छलकपट नआऊन्,प्रेम गुच्छा पवित्र ।
रनवन भमराले, खोज्दछन् फूल राम्रा
अधर युगल भित्री,आउलान् बस्न तिम्रा ।।३।।

अलि वर वर आऊ,हात मेरो समाऊ
प्रणयसुख दिलाऊ, प्यास मेरो बुझाऊ ।
अतिशय छ मलाई,प्यार तिम्रो पियारी
तन मन अब साक्षी बन्छु तिम्रो छहारी ।।४।।

हरपल तन गर्थ्यो, प्यारले अङ्कमाल
मुटु ढुकढुक गर्दा, स्नेह बग्थ्यो विशाल ।
पलपल विपनाका, स्पर्शको सम्झनाले
हरदम सपनीमा,आउँछ्यौ नम्रताले ।।५।।

युग युगतक तिम्रा, साथमा बस्छु सानु
अलग हुन नसक्दा, हार मान्दैछ कालु ।
क्षण भर मनलाई, शून्यता छाउँदामा
अति सकस मलाई, हुन्छ यो जिन्दगीमा ।।६।।

छन्द मालिनी

हाल -ललितपुर,प्रवासमा पोर्तुगल

वि.सं.२०७७ चैत २१ शनिवार ०५:३७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...