back
CTIZAN AD

कविताः‘शहर भरि तुवाँलो’ (समस्यापूर्ति)

वि.सं.२०७७ चैत २१ शनिवार

624 

shares

वरिपरि जति हे–यो देख्छु नैराश्य मात्र
प्रतिदिन विषकारी देख्छु यो वायु पात्र ।
किन किन यति धेरै त्रासले चित्त गाल्यो
गगनभरि तुवाँलोले जगत् ढाक्न थाल्यो ।।१।।

सब जन मुख ढाकी हिड्दछन् आज हेर
व्यथित मन बनाई भित्र भित्रै जलेर ।
पवन पनि छ श्वाँङे बढ्न थालेछ कालो
शहर भरि तुँवालोले सबै ढाक्न थाल्यो ।।२।।

उकुस मुकुस पार्यो स्वास फेर्नै छ कष्ट
दिनकर पनि घुम्टो हाल्दछन् सुस्त सुस्त ।
विकिरण धरतीमा चौगुना फैलिहाल्यो
शहरभरि तुँवालोले सबै ढाक्न थाल्यो ।।३।।

तप तप तप झर्छन् स्वेद गर्मी चढेर
भत भत भत आँखा पोल्छ धूलो पसेर ।
खस खस खस घाँटी क्याप्प झन् क्याप्प पार्यो
शहरभरि तुँवालोले सबै ढाक्न थाल्यो ।।४।।

वन उपवन मासे स्वार्थ साँधे सबैले
बदनियत डँढेलो झोस्न थाले क्रमैले ।
अतिसय भुसुनाले तान पो मार्न थाल्यो
शहर भरि तुँवालोले सबै ढाक्न थाल्यो ।।५।।

प्रकृति विकृत पार्दा बाँच्न गाह्रो छ साह्रो
खल मनुज छ पर्दा सामनेमा तगारो ।
मल,ढल तह कस्ले लाउने ? स्वस्थ गाल्यो
शहरभरि तुँवालोले सबै ढाक्न थाल्यो ।।६।।

(छन्दः मालिनी)

 

वि.सं.२०७७ चैत २१ शनिवार ०५:३९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...