back
CTIZAN AD

एन्टीजेन परीक्षण गरेर मात्र उपत्यका प्रवेश गर्न पाईने

वि.सं.२०७७ चैत २३ सोमवार

666 

shares

२३ चैत, काठमाडौं । उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य एन्टीजेन परीक्षण गराउन पर्ने भएको छ । कोरोना भाईरसको संक्रमणको दर बढ्दै गएपछि आइतबार बसेको काठमाडौँ जिल्ला कोभिड-१९ संकट व्‍यवस्थापन समितिको बैठक यस्तो निर्णय गरेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नाकामा पर्ने नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्ने छ । यदि कुनै व्यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ।

हाल छिमेकि देश भारत लगाएतका अन्य मुलुकहरुमा संक्रमणको दर बढ्दै गएको र नेपालमा पनि पछिल्लो समय संक्रमितसंख्या बढ्न थालेकाले समितीले यस्तो निर्णय गरेको हो । यसका साथै समितिले सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ-आफ्नो नगरपालिका भित्र एक-एक वटा आइशोलेसन र क्वारेन्टाइनको व्‍यवस्थापन गर्न समेत अनुरोध गरेको छ ।

सार्वजनिक कार्यक्रमहरु पनि स्थगित गर्न र यदि गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेरमात्र सञ्‍चालन गर्न समितिले सबैमा अनुरोध गरेको छ ।

वि.सं.२०७७ चैत २३ सोमवार १६:३३ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...