back
CTIZAN AD

अमेरिकामा एक नेपाली युवाको गोली हानि हत्या

वि.सं.२०७७ चैत २६ बिहीवार

783 

shares

२६ चैत, काठमाडौं । अमेरिकामा एक नेपाली युवाको गोली हानि हत्या गरिएको छ ।

पोखरा सारङकोट घर भइ टेक्सासको अस्टिनमा बस्ने ३९ रमेश थापाको अज्ञात समुहले गोली हानेर हत्या गरेको समाचार त्यहाँका संचारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार उनी बस्ने साउथइष्ट अस्टिन अपार्टमेन्ट क्षेत्रमा मंगलबार राति १२ः३० को समयमा अज्ञात समूहले गोली हानि हत्या गरेको बताइएको छ । ग्यास स्टोरमा काम सकेर फर्किने क्रममा उनीमाथि गोली चलाइएको थियो ।

स्थानीयले अज्ञात समुहले गोली चलाएको प्रहरीलाई खबर गरेपछि प्रहरी उक्त स्थानमा पुग्दा पार्किङ क्षेत्रमा थापा घाईते अवस्थामा फेला परेका थिए । उनलाई आकस्मिक चिकित्सा सेवा तथा प्रहरी अधिकारीहरुले सहयोग गरेपनि उनको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

झण्डै ११ वर्ष अगाडि मेक्सीको हुँदै अमेरिका पुगेका थापा माथि किन आक्रमण गरियो भन्ने खुल्न सकेको छैन । अहिले उनको शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको उनका भाइ लक्ष्मण थापाले बताएको युएस नेपाल पोस्टले जनाएको छ ।

https://www.kxan.com/news/local/austin/apd-investigating-deadly-shooting-in-se-austin/

 

वि.सं.२०७७ चैत २६ बिहीवार ०८:५२ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...