
२६ चैत, काठमाडौं । अमेरिकामा एक नेपाली युवाको गोली हानि हत्या गरिएको छ ।
पोखरा सारङकोट घर भइ टेक्सासको अस्टिनमा बस्ने ३९ रमेश थापाको अज्ञात समुहले गोली हानेर हत्या गरेको समाचार त्यहाँका संचारमाध्यमले जनाएका छन् ।
प्रहरीका अनुसार उनी बस्ने साउथइष्ट अस्टिन अपार्टमेन्ट क्षेत्रमा मंगलबार राति १२ः३० को समयमा अज्ञात समूहले गोली हानि हत्या गरेको बताइएको छ । ग्यास स्टोरमा काम सकेर फर्किने क्रममा उनीमाथि गोली चलाइएको थियो ।
स्थानीयले अज्ञात समुहले गोली चलाएको प्रहरीलाई खबर गरेपछि प्रहरी उक्त स्थानमा पुग्दा पार्किङ क्षेत्रमा थापा घाईते अवस्थामा फेला परेका थिए । उनलाई आकस्मिक चिकित्सा सेवा तथा प्रहरी अधिकारीहरुले सहयोग गरेपनि उनको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।
झण्डै ११ वर्ष अगाडि मेक्सीको हुँदै अमेरिका पुगेका थापा माथि किन आक्रमण गरियो भन्ने खुल्न सकेको छैन । अहिले उनको शब पोष्टमार्टमका लागि अस्पतालमा राखिएको उनका भाइ लक्ष्मण थापाले बताएको युएस नेपाल पोस्टले जनाएको छ ।
APD investigating deadly shooting at southeast Austin apartment complex