२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुरले आयोजना गरेको तीन दलको बैठक सभापति निवास बुढानिलकण्ठमा सुरु भएको छ ।
दिउँसो तीनबजेका लागि सभापति देउवाले बैठक डाकेको भएपनि जसपाका नेताहरु समयमा नपुगेका कारण बैठक केही समय अगाडि मात्र सुरु भएको बताइएको छ ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनसमाजवादी पार्टीका शिर्ष नेताहरुको उपस्थिति रहेको छ ।
स्रोतका अनुसार बैठकमा कांग्रेसका सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, लगायतका नेताहरु, नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ तथा जनता समाजवादी पार्टीका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्धय उपेन्द्र यादव, महन्त ठाकुर र नेताहरु राजेन्द्र महतो र अशोक राई सहभागी रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला कदम अलोकतान्त्रिक मान्दै आएको नेपाली कांग्रेसले यसअघि जसपा र माओवादी केन्द्रका कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन नसकेको भन्दै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।
सोहि अनुरुप नयाँ सत्ता समिकरणका लागि सभापति देउवाले आफैले अग्रसरता लिदैं तीन दलको बैठक डाकेका हुन् ।
वि.सं.२०७७ चैत २७ शुक्रवार १७:०९ मा प्रकाशित






























