back
CTIZAN AD

तीन दलको बैठक, देउवाले गरे आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा समक्ष प्रस्ताव

वि.सं.२०७७ चैत २७ शुक्रवार

690 

shares

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निवासमा शुक्रबार बसेको तीन दलको बैठक विना निष्कर्ष सम्पन्न भएको छ ।

देउवा निवास बुढानिलकण्ठमा बसेको आजको बैठकमा सभापति देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउन जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेका थिए । जसपाले पार्टीको बैठक गरी निर्णय गर्नुपर्ने भएकाले कुनै औपचारिक छलफल नभएको नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

नेपाली कांग्रेसले माओवादी केन्द्रका कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न नसकेको बताउँदै आएका बेला श्रेष्ठले सरकारलाई दिएको समर्थन आफूहरुले छिट्टै फिर्ता लिने जानकारी समेत दिएका थिए ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रियाका लागि आजदेखि छलफलको सुरुवात भएको जानकारी दिएका छन् ।

बैठकमा  सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, लगायतका नेताहरु, नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ तथा जनता समाजवादी पार्टीका तर्फबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्धय उपेन्द्र यादव, महन्त ठाकुर र नेताहरु राजेन्द्र महतो र अशोक राई सहभागी र रहेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला कदम अलोकतान्त्रिक मान्दै आएको नेपाली कांग्रेसले यसअघि जसपा र माओवादी केन्द्रका कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन नसकेको भन्दै आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

सोहि अनुरुप नयाँ सत्ता समिकरणका लागि सभापति देउवाले आफैले अग्रसरता लिदैं तीन दलको बैठक डाकेका थिए । तस्बिर: रोशन सापकोटा

देउवा निवासमा सुरु भयो तीन दलको बैठक, को–को छन त सहभागी ?

वि.सं.२०७७ चैत २७ शुक्रवार १७:४० मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...