back
CTIZAN AD

पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्षमा झा, महासचिवमा रोका

वि.सं.२०७७ चैत २७ शुक्रवार

750 

shares

२७ चैत्र, काठमाडौं । #Federation_of_Nepalese_journalist: नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको अध्यक्षमा श्रीजन झा र महासचिवमा टेकबहादुर रोका (टेनिस) निर्वाचित भएका छन् ।

गत २५ चैतमा सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार झाले ११ सय ६५ मत ल्याएर विजयी बने भने उनका प्रतिद्धन्दी रामचन्द्र खड्काले ५०७ मत प्राप्त गरे ।

उपत्यका समितिको खुला उपाध्यक्षमा विरबहादुर लामाले ९१५ मत ल्याएर विजयी बने भने उनका प्रतिद्धन्दी विनोद प्रसाद चौलागाईले ६४४ मत प्राप्त गरे । महिला उपाध्यक्ष रोजिना थापा भने निर्विरोध निर्वाचित बनिन् ।

महासचिव पदमा १ हजार ५ मत प्राप्त गर्दै टेकबहादुर रोका (टेनिस) निर्वाचित भए भने उनका प्रतिद्धन्दी सविन शर्माले ५ सय ६९ मत प्राप्त गरे ।

खुल्ला सचिवमा रोशनराज पाण्डेले ८ सय ६९ मत ल्याएर विजयी बन्दा उनका निकटम प्रतिद्धन्दी केदार भट्टराईले ४५४ मत र कालिका बहादुर महतले २२३ मत प्राप्त गरे ।

यसैगरी, समावेशी सचिवमा अमर भुजुले ९ सय ४७ मत ल्याएर विजयी बने भने उनका प्रतिद्धन्दी रञ्जित तामाङले ६०४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा भने १ हजार ८९ मत ल्याएर अर्जुन पन्त विजयी बने भने जयराम बास्तोलाले ४४२ मत प्राप्त गरे ।
कार्यसमिति सदस्यमा प्रविण श्रेष्ठ, घनश्याम अधिकारी (बैरागी जेठा), माधव प्रसाद घिमिरे, विष्णु कुमार गिरी (विष्णु निश्चल), विधुर ढकाल, रमा कुमारी न्यौपाने, नेत्र प्रसाद न्यौपाने, दिया चन्द, लक्ष्मी गारु, सुशिल दर्नाल, अर्जुन बहादुर तामाङ, रत्नकृष्ण श्रेष्ठ, विनयकुमार महतो, अनिलकुमार गुप्ता निर्वाचित भए ।

 

वि.सं.२०७७ चैत २७ शुक्रवार २०:०७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...